पटाका सहित पर्साका एकजनालाई रौतहटमा पक्राउ



वीरगन्ज,१३ असोज । रौतहटमा प्रहरीको गस्ती टोलीले ठुलो मात्रामा प्रतिबन्धित पटाका सहित पर्साका एकजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको गस्ती टोलीले एक जनालाई पक्राउ गरेको हो ।

चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित पूर्वपश्चिम राजमार्गमा ग १ ख ६३४१ नम्बरको बसमा चेकजाँचको क्रममा सर्लाही जिल्लाको पर्सा गाउँपालिका वडा नम्बर ४ का २५ वर्षीय संजित साहलाई पटाकासहित नियन्त्रणमा लिएको छ ।

उनले ब्यागमा लुकाई राखेको एक लाख ६२ हजार ४८४ रुपैयाँ बराबरको बिष्फोटक पदार्थ पटाका बरामद भएको प्रहरीको भनाइ छ । उनलाई विष्फोटक पदार्थ पटाका शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

टीकाको उत्तम साइत बिहान १० : ०२ बजे शुरु गरियो
सामुदायिक रेडियो माडीको चौथो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन
बडा दसैँको मुख्य दिन आज देखि सुरु, वीरगन्जको प्रसीद्ध शक्तिपिठ गहवामाइ मन्दिरमा पनि हर्षोल्लाशका साथ फुलापाती भित्रयाइयो
बडादसैँको चौँथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै