पटेलनगरका आगलागी पीडितलाई ३ लाखको जस्तापाता सहयोग



बैशाख २२ वीरगञ्ज २१ लिपनीविर्तामा रहेको निम्बस ग्रुपको प्रोबायोटेक ईन्डष्ट्रिज प्रालीले पटेलनगरका आगलागी पीडितलाई ३ लाख मुल्य बराबरको जस्तापाता सहयोग गरेको छ । आगलागी भएको स्थल पटेलनगरको गाछी टोलमै कार्यक्रमको आयोजना गरि कर्कट पाताको कुपन वितरण गरिएको हो । ३ फिट चौडाई, ९ फिट लम्बाई भएको २४ गेजको कलकोटी जस्तापाता १० वटाका दरले आगलागीबाट प्रभावित २४ परिवारलाई वितरण गरिएको हाम्रा सहकर्मी राधेश्याम पटेलले जनाएका छन् । प्रोबायोटेक ईन्डष्ट्रिज प्रालीलकाम जदुर र कर्मचारीहरुको एक दिनको तलब र कम्पनीको तर्फबाट गरी ३ लाख मुल्य बराबरको जस्तापात सहयोग गरिएको उद्योगले जनाएको छ । त्यस अवसरमा कम्पनीका कार्यकारी निर्देशक डाक्टर दिनेश गौतम, प्रशासन प्रमुख ओम प्रकाश बैठा, पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशी, कम्पनीका सहायक कार्यकारी अधिकृत भिरेश कडाल्ली, स्थानीय जतन राउत कुर्मी, सदन राउत कुर्मी लगायतको उपस्थिति रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड