पत्रकारमाथि भएको आक्रमण र दूब्र्यबहारको घटना प्रति महासंघ पर्साको गम्भिर ध्यानाकर्षण



जेठ २३ नेपाल पत्रकार महासंघ पर्सा शाखाका उपाध्याक्ष अनुप तिवारी माथि गएराती भएको आक्रमण र दूब्र्यबहारको घटना प्रति नेपाल पत्रकार महासंघ पर्साले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार महासंघ पर्साका सचिव युवराज खडकाले मंगलबार एक प्रेस बिज्ञप्ती जारी गर्दै दोश्रो चरणको निर्वाचनको तयारी भईरहेको बेलामा संचारकमी माथि ज्यानै मार्ने उद्देश्यले मोबिल खन्याउनृुका साथै सलाई कोरेर जलाइदिन खोज्ने आपराधीक क्रियाकलापको निन्दा र भत्सर्ना गर्दै घटनाको दोषीलाई अबिलम्ब पक्राउ गरी कानूनी कारवाही गर्न माग गर्नु भएको छ । महासंघ पर्साका उपाध्यक्ष एंव पत्रकार तिवारी माथि भएको आक्रमण र दुव्र्यवहारको बिरोधमा मधेस मिडिया मिसन पर्साका कार्यवाहक अध्यक्ष प्रमोद यादव, मेची माहाकाली मिडिया सोसाइटीका अध्यक्ष जितेन्द्र साह र तराई मिडिया एशोसिएसन नेपालका सचिव दिपेन्द्र सिंहले पनि बिज्ञप्ती जारी गरेर दोषीलाइ कार्वाही गर्न माग गर्नु भएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान