पत्रकार तिवारी माथि दुव्र्यवहार गर्नेलाई कारबाहीको माग गर्दै वीरगञ्जमा विरोध ¥याली



जेठ २६ नेपाल पत्रकार महासंघ पर्सा शाखा उपाध्यक्ष अनुप तिवारी माथि दुव्र्यवहार गर्नेहरुलाई कारबाहीको माग गर्दै शुक्रबार पत्रकारहरुले वीरगञ्जमा विरोध ¥याली निकालेका छन् । दोषी विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको भएपनि प्रहरी प्रशासनले कारबाहीका लागि चासो नदिएको भन्दै महासंघ पर्सा शाखाको आव्हानमा आज बिहान विरोध ¥याली निकालिएको हो । बिहान घण्टाघरबाट निकालिएको विरोध ¥याली माईस्थान, महाविर स्थान, आदर्शनगर, दुई नम्बर रोड हुँदै पुन घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो । सभामा बोल्दै नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम वञ्जराले दोषीलाई पक्राउ गरी कारबाही नगरे अझै कडा आन्दोलन गर्ने बताउनुभयो । पत्रकार माथि आक्रमण गर्नेहरुलाई राजनीतिक संरक्षाण मिलेको र प्रहरी प्रशासन निरिह बनेको बताउँदै उहाँले आमरण अनशनमै बस्नुपरेपनि पत्रकार माथि दुव्र्यबहार गर्नेलाई कारबाही गराएरै छोड्ने चेतावनी दिनुभयो । स्वतन्त्र रुपमा कलम चलाउन पाउने अधिकारबाट वञ्चित गर्ने जोसुकै विरुद्ध पत्रकारहरु संगठित भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । ¥यालीमा नेपाल पत्रकार महासंघ पर्सा शाखा पूर्व अध्यक्ष शत्रुघ्न नेपाल, पूर्व उपाध्यक्ष ध्रुव साह, शाखा सचिव युवराज खड्का लगायत पदाधिकारी, पूर्व पदाधिकारी, शाखा सदस्य, पत्रकारसँग सम्बद्ध विभिन्न संघ संगठनका प्रतिनीधिहरुको उपस्थिति रहेको थियो । समाचार लेखेकै विषयलाई लिएर गत सोमबार बेलुका महासंघ शाखा उपाध्यक्ष एवं प्रेस चौतारी नेपाल पर्सा शााखा अध्यक्ष तिवारी माथि केहि व्यक्तिहरुले मोबिल छ्यापेर दुव्र्यबहार गरेका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड