पर्साका किसानहरु अगहनी धान खेतीका लागि खेतमा बीउ छर्नमा व्यस्त



जेठ २३ पर्साका किसानहरु अहिले अगहनी धान खेतीका लागि खेतमा बीउ छर्नमा व्यस्त रहेका छन् ।पर्साको सबै क्षेत्रमा धानको खेती हुने गरेको भएपनि जिल्ला कृषि विकास कार्यालयले मनियारी , मुडली , लंगडी , विन्दवासीनी , रामनगरी , मधुवन मथवल ,बागवाना , विरुवागुठी , शंकरसरैया , देउरवाना , पटेर्वा सुगौली लगायतका साविकका गाविसहरुलाइ धान खेतीका लागि पकेट क्षेत्रका रुपमा राखेको छ । पर्साका किसानहरुले चैते , भदैया र अगहनी गरि तीन सिजनमा धानको खेती गर्दै आएका छन् । अहिले भने किसानहरु अगहनी धान खेतीका लागि खेतमा बीउ छर्नमा व्यस्त रहेको जिल्ला कृषि विकास कर्यालय पर्साका बालीविकास शाखाका प्राविधीक महेन्द्र कुशवाहाले बताउनु भयो । अहिले सम्म ८० प्रतिशत किसानहरुले ब्याडमा धानको बीउ छरिसकेको र अबको एक सातामा लगभग सबै किसानहरुले अगहनी धानका लागि बीउ छरिसक्ने कुशवाहाले बताउनु भयो । ब्याडमा बीउ राखेको २० देखि २५ दिनमा रोप्नका लागि तयार हुने भन्दै कुशवाहाले एक साता यता दुइ पटक भएको वषाले ब्याडमा छरिएको धानको बीउका लागि  अत्यन्त फाइदा पुरयाएको बताउनु भयो । धानको बेर्नाले धेरै सुख्खापन सहन नसक्ने भएको भन्दै कृषि प्राविधीक कुशवाहाले यदि खडेरी परे पम्पी सेट , कुलो वा नहरबाट सिंचाइ गरेर भएपनि ब्याडको बेर्नालाइ जोगाउनु पर्ने सुझाव किसानहरुलाइ दिनु भयो । अगहनी धान खेतीका लागि जिल्ला कृषि विकास कार्यालय पर्साले जिल्लाका किसानहरुलाइ ५० प्रतिशत सरकारी अनुदानमा यसपाली ११ हजार मेट्रिक धानको बीउ वितरण गरेको छ । पर्सा जिल्लामा गत वर्ष ३५ हजार आठ सय हेक्टर क्षेत्रफलमा अगहनी धानको खेती गरिएकोमा एक लाख ६१ हजार एक सय मेट्रिक टन धान उत्पदान भएको थियो । पर्साका किसानहरुले सुवर्ण सब एक, सोना मन्सुली , साबित्री , हर्दिनाथ १ जातको धान खेती गर्दै आएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन