पर्साका निजी विद्यालयहरू पाठ्यक्रम विकास केन्द्रमा दर्ता नै नभएका पुस्तक बालबालिकालाई पढाउदै



बैशाख १९ पर्सा जिल्लामा सञ्चालनमा रहेका केहि निजी विद्यालयहरूले पाठ्यक्रम विकास केन्द्रमा दर्ता नभएका पुस्तक बालबालिकालाई पढाउने गरेको पाइएको छ । प्याब्सन पर्सासँग आबद्ध माउन्ट हर्मन, गौतम, मनकामना, विद्यासदन,सनराइज, मास्कोट लगायत १३ वटा विद्यालयहरुले नेपाल सरकारको शिक्षा नीति विपरितका पाठ्यक्रम पढाईरहेको पाइएको हो । प्याब्सन पर्सामा आवद्ध रहेका निजी विद्यालयहरुले भारतीय फ्रेङक प्रकाशनको ग्रो विद ग्रामर, म्याकमिलन प्रकाशनको लिटिल रिडर्स लगाएतका पुस्तकहरू नियम विपरित अध्यापन गराइरहेका छन् ।नेपाली बजारमा त्यस्ता किताब नपाईने हुँदा अभिभावकहरु विद्यालयले तोकेकै स्टेशनरीमा गएर चर्को मुल्यमा खरीद गर्न बाध्य भएका छन् । नेपालको शिक्षा नियमावली अनुसार पाठ्यक्रम विकास केन्द्रमा दर्ता भएको पुस्तक मात्र विद्यालयहरुले पढाउनुपर्ने व्यवस्था भएपनि वीरगन्जका निजी विद्यलयहरुले पुस्तक प्रकाशन गृहले दिने कमिशनको लोभमा नेपाली पाठ्यक्रममा दर्ता नै नभएका भारतीय बजारका पुस्तकहरु आफनो पाठ्यक्रममा समावेश गरेको अभिभावक सुनिल पटेलले बताउनु भयो । पुस्तक तथा स्टेशनरी महासंघ पर्साका अध्यक्ष नरेश रौनियारले भारतीय प्रकाशनका पुस्तकहरू वीरगंजका नीजी विद्यालयमा लागू भएपछि यहाँका पुस्तक व्यवसायीहरु पनि मर्कामा परेको बताउनु भयो ।प्याब्सन पर्साका अध्यक्ष डाक्टर हरिशंकर साहले भने यस बारेमा आफुृलाई केहि पनि थाहा नभएको प्रतिकृया दिनु भएको छ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन