पर्साका प्रहरी प्रमुखका कारण जिल्लाको शान्ति सुरक्षाको अवस्था खस्किएको एमाले सांसद थारुको आरोप



असार ८ पर्सा क्षेत्र नम्बर ५ का सांसद जय प्रकाश थारुले पर्साका प्रहरी प्रमुखका कारण जिल्लाको शान्ति सुरक्षाको अवस्था खस्किएको आरोप लगाउनु भएको छ । वीरगन्जमा बिहीबार पत्रकार सम्मेलन गरि सांसद थारुले पर्सा प्रहरीको प्रमुखमा गोविन्द कुमार साहले जिम्मेवारी सम्हाले यता जिल्लामा शान्ति सुरक्षाको अवस्था खस्किएको र तस्करीको धन्दा पनि मौलाएको आरोप लगाउनु भयो । सत्तारुढ दलका नेताहरुको दबाबमा पर्साका प्रहरी उपरिक्षक साहले गलत काम गर्दै आएको भन्दै एमाले नेता समेत रहेका सांसद थारुले प्रहरी उपरिक्षक साहले सत्तारुढ दलको निर्देशनमा एमालेका कार्यकर्ताहरुलाइ विभिन्न बहानामा दुख दिने गरेको बताउनु भयो ।जग्गा विवादको विषयलाइ लिएर सम्भौताको भेडिहर्वाका कमल साह तत्वालाइ प्रहरीले पक्राउ गरि सार्वजनिक मुद्धा चलाएर पाच दिन देखि थुनेको भन्दै सांसद थारुले सत्तारुढ दल नेकपा माओवादी केन्द्रकी नेतृ उर्मिला अर्यालकै निर्देशनमा प्रहरी उपरिक्षक साहले आफना कार्यकर्तालाइ झुठा मुद्धामा फसाएको बताउनु भयो । यस बारेमा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाइ पटक पटक जानकारी गराउदा पनि कुनै सुनुवाइ नभएकाले अब संसद सुचारु भएपछि आफुले संसद बैठकमै यस बारेमा कुरा उठाउने सांसद थारुले चेतावनी दिनु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान