पर्साका बाढि पिडितहरुलाइ नारायणी एफ एमद्धारा राहत सामाग्री वितरण



भाद्र ६ बीरगंज मध्यतराइको पहिलो सामुदायिक रेडियो नारायणी एफ एमले पर्साको ग्रामीण भेगका बाढि पिडितहरुलाइ मंगलबार राहत सामाग्री वितरण गरेको छ । पाकाहा मैनपुर गाँउपालिकाको सबैठवा , धोबिया टोला , खेस्राहा , लहावर थकरी र भेलाहामा गरि बाढिले अति प्रभावित ५० घर परिवारलाइ नारायणी एफ एमले खाद्यान्न , झुल , नयाँ लत्ताकपडा लगायतका सामाग्री वितरण गरेको हो । बाढि पिडितहरुलाइ चामल ११ बोरा , त्रिपाल ५० थान , झुल २० थान , चिउरा एक बोरा , आलु एक क्वीन्टल ,नून ५० प्याकेटका साथै नयाँ लत्ताकपडा र औषधी वितरण गरिएको नारायणी एफ एमका प्रशासन तथा लेखा प्रमुख विदूर गौतमले बताउनु भयो । विभिन्न दाता एंव नारायणी एफ एममा कार्यरत सन्चारकर्मी र कर्मचारीहरुको आर्थिक सहयोगमा राहत सामाग्री खरिद र संकलन गरि बाढि प्रभावित क्षेत्रमै पुगेर पिडितहरुलाइ वितरण गरिएको उहाले बताउनु भयो । राहत वितरण गर्न गएको टोलीमा गौतमसंगै एफ एमका समाचार शाखामा कार्यरत विन्दु भुषण साह , सल्मा खातुन , एलब्य गुप्ता , सामाजिक अभियन्ता प्रकाश थारु लगायतको सहभागीता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड