पर्साका विभिन्न स्थानमा विधार्थी भर्ना अभियान कार्यक्रम सम्पन्न



बैशाख १७ विधार्थी भर्ना अभियान २०७४ अन्र्तगत आईतबार पनि पर्सामा विद्यालयहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । अभियानका क्रममा शहरी तथा ग्रामिण क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुले घरदैलो, जनचेतानामुलक ¥याली लगायतका कार्यक्रम गरेका हुन् । वीरगञ्जको आदर्शनगरमा रहेको रामचरण साह पन्नालाल माध्यमिक विद्यालयले ¥याली निकालेको छ । हामी सबैको ईच्छा अनिवार्य निशुल्क आधारभूत शिक्षा भन्ने नाराका साथ ¥यालीले वीरगञ्ज उपमहानगरपालिका वडा नंबर १० मा पर्ने आदर्शनग, घडीअर्वा र अशोकवाटिका टोलको परिक्रमा गरेको जनाएको छ । ¥यालीमा सहभागी शिक्षक, विद्यार्थीहरुले जनचेतनामुलक सन्देश लेखिएको प्ले कार्डहरु समेत बोकेका थिए । सामाजिक परिचालक शिवनारायण साहको उपस्थितिमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मनोज प्रसाद चौहान, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको समेत सहभागीता रहको थियो ।
त्यसैगरि पर्साको विन्दवासीनी गाउँपालिका वडा नंबर ४ मधवल टोलमा पनि आईतबार विधार्थी भर्ना अभियान अन्तर्गत घरदैलो कार्यक्रम गरिएको छ । विद्यार्थी भर्ना अभियान अन्र्तगत पढ्ने उमेर पुगेर पनि विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन घरदैलो कार्यक्रम गरिएको हो । शिक्षामा सबैको समान अधिकार, शिक्षित बनाऔं आफ्नो परिवार भन्ने मुल नाराका साथ घरदैलो कार्यक्रम गरिएको नेपाल राष्ट्रिय प्राथमिक विद्यँलय मधवलका प्रधानाध्यापक कन्हैया प्रसाद तेलीले जानकारी दिनुभयो । विद्यालय प्राङ्गणबाट शुरु भएको घरदैलो कार्यक्रम पुरै मधवल टोलको परिक्रमा पछि सम्पन्न भएको थियो । घरदैलो कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक, स्थानीय बुद्धिजीवि लगायतको सहभागीता रहको थियो ।
त्यस्तै पर्साको रामनगरीमा रहेको मुखदेव सुशिला माध्यमिक विद्यालयले पनि भर्ना अभियान अन्र्तगत ऋँज् ¥याली निकालेको छ । ‘ हामी सबैको ईच्छा अनिवार्य, निशुल्क आधारभूत शिक्षा भन्ने नाराका साथ ¥याली निकालिएको हो । विद्यालय परिसरबाट निकालिएको ¥याली साविकको भौराटार गाविस वडा नं ५ र ६ को तथा पुरै रामनगरीको परिक्रमा पछि विद्यालयमै आएर कोण सभामा परिणत भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुखदेव प्रसादको अध्यक्षता तथा प्राधानाध्यापक लक्ष्मी कान्त साहको संयोजकत्वमा निकालिएको विद्यालयले जनाएको छ । ¥यालीमा विद्यालयका शिक्षक शिक्षिका विद्यार्थीहरुको सहभागीता रहेको थियो । नपाल राष्ट्रिय मावि मसिहानीले पनि विद्यालय भर्ना अभियान अन्र्तगत ¥याली निकालेको छ । प्रधानाध्यापक नियाजुन मियाँ तेलीको अध्यक्षतामा निस्केको ¥याली मसिहानी र धर्मपुर टोल परिक्रमा गरी विद्यालयमा आएर समापन भएको शिक्षक सशीभुषण मुखियाले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान