पर्साका सबै पालिकाहरुमा आज कोरोना बिरुद्धको खोप लगाउने कार्यक्रम जारी,बिद्यार्थीहरुलाई खोप दिइदै



क्रान्ति साह
वीरगन्ज,१३ भाद्र । पर्सा जिल्लामा वीरगन्ज महानगर बाहेक अन्य १३ पालिकाहरुमा कक्षा १२ का विधार्थीलाइ कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम आज देखि सन्चालन गरिएको छ । यस्तै कोभिसिल्ड खोपको पहिलो डोज लगाएर दोश्रो डोज लगाउन बाँकी रहेकाहरुलाइ भने जिल्लाका १४ वटै पालिकामा आज देखि दोश्रो डोज लगाउन थालिएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

पर्सा जिल्लाका लागि आएको अष्ट्रेजेनेका खोप, कक्षा १२ मा अध्ययनरत विधार्थी र कोभिसिल्डको दोश्रो डोज लगाउन बाँकी रहेकाहरुलाइ आज देखि लगाउन थालिएकोमा वीरगन्ज महानगरले भने कक्षा १२ का विधार्थीहरुलाइ भदौ १५ गते पछि मात्रै खोप लगाउने जानकारी गराएको स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख नवलकिशोर साहले जानकारी दिनुभयो ।

साहका अनुसार, पर्सा जिल्लामा अष्ट्रेजेनेकाको ५४ हजार ३ सय २० डोज खोप आएको छ । यो खोप पर्सा जिल्लामा आज देखि भदौ २१ गते सम्म दुइ चरणमा लगाउन थालिएको साहले जानकारी दिनुभयो । पहिलो चरणमा आज भदौ १३ गते देखि १५ गते सम्म पर्साको वीरगन्ज महानगरपालिका, बहुदरमाइ नगरपालिका , पाकाहामैनपुर , धोबीनी , विन्दवासीनी , छिपहरमाइ र कालीकामाइ गाँउपालिकामा अष्ट्रेजेनेका खोप लगाउने कार्यक्रम सन्चालन गरिएको छ ।

यस्तै दोश्रो चरणमा भदौ १९ देखि २१ गते सम्म पर्साको पोखरीया र पर्सागढी नगरपालिका , ठोरी , जीराभवानी , जगरनाथपुर , पटेर्वासुगौली र सखुवा प्रसौनी गाँउपालिकामा अष्ट्रेजेनेका खोप लगाउने कार्यक्रम सन्चालन गरिने साहले जानकारी दिनुभयो । पर्सा जिल्लामा कोभिसिल्ड खोपको पहिलो डोज ३७ हजार १ सय ३० जनाले लगाएकोमा ती मध्ये ९ हजार २ सय ६४ जनाले मात्र दोश्रो डोज लगाएकाले दोश्रो डोज लगाउन बाँकी रहेका २७ हजार ६ सय ३८ जनालाइ अहिले आएको अष्ट्रेजेनेकाको खोप लगाउन थालिएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

पर्सा जिल्लाका १४ वटै पालिकामा कोभिसिल्ड खोपको दोश्रो डोज लगाउन बाँकी रहेका र कक्षा १२ मा अध्ययनरत १८ वर्ष भन्दा बढि उमेरका विधार्थीहरुको विवरण संकलन गरि त्यहि संख्या अनुसार अष्ट्रेजेनेका खोप , पालिकाहरुमा पठाइएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

खोप लगाउन आफनो पालिका वा वडाको खोप केन्द्रमा जादा कक्षा १२ का विधार्थीले आफनो प्रवेश पत्र र कोभिडसिल्डको पहिलो डोज लगाएकाहरुले पहिलो डोजको खोप लगाएको खोपकार्ड अनिवार्य रुपमा लिएर जानु पर्ने स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख साहले बताउनुभयो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड