पर्साका सरकारी कार्यालयको मिटिङ हल गोष्ठी, बैठक, सेमिनारले भरिभराउ



असार २२ पर्सा जिल्लाका विभिन्न सरकारी कार्यालयको मिटिङ हल अहिले एक सातादेखि भरिभराउ रहने गरेको छ । दैनिक ती कार्यालयको मिटिङ हलमा गोष्ठी, बैठक, सेमिनार हुने गरेको छ । जिल्ला कृषि कार्यालय, वीरगंज महानगरपालिका, नारायणी उपक्षेत्रिय अस्पताल, महानगरका वडा कार्यालयको मिटिङ हल, वीरगञ्जमा सञ्चालित विभिन्न होटलहरूमा दिनभरी नै तालिम, गोष्ठी, हुने गरेको छ । असार मसान्तमा रकम सिध्याउने उद्देश्यले यस्ता तालिम, गोष्ठी भईरहेको हो । विकासे अड्डाहरूमा अहिले कार्यालय प्रमुख, लेखापाल तथा योजना फाँटका कर्मचारीबाहेक सम्पूर्ण कर्मचारी तालिममा सहभागी हुने गरेका छन् । जिल्ला समन्वय समिति महानगर तथा नगरपालिका जिल्ला जनस्वास्थ्य कार्यालय, कृषि विकास कार्यालय, पशु कार्यालय, गैरसरकारी संस्था, महिला तथा बालबालिका कार्यालयको सामाजिक विकास तथा चेतनामूलक कार्यक्रम अन्तर्गत सञ्चालित कार्यक्रमको बजेट भागबन्डा लगाउन हतारमा कार्यक्रम हुने गरेको सरोकारवालाहरुको भनाई छ । नेपाल सरकारले कार्यक्रम सञ्चालनको लागि समयमै रकम पठाए पनि असार महिनामा नै सबै रकम सिध्याउने परिपाटी नै कायम भएको छ । लामो समय पर्खेर असार मसान्तमा तालिम, गोष्ठी गराएर विभिन्न शीर्षकबाट बचेको रकम खर्च गर्ने गरेको सरकारी कार्यालयकै कर्मचारीहरु बताउँछन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड