पर्साका सरकारी विद्यालयका शिक्षकहरु पढाउन छाडेर राजनीतिक दलको चुनावी कार्यक्रममा व्यस्त



चैत्र २६ पर्सा पर्सामा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरू निर्वाचन आचारसंहिता उल्लंघन गर्दै राजनीति दलको कार्यक्रममा सहभागी भएपनि सम्बन्धित निकाय मौन रहेको छ । फितलो अनुगमनको कारण पर्साका सरकारी कार्यालयका कर्मचारीहरू खुल्ला रूपले राजनीतिक दलको प्रचारप्रसारमा लागेका हुन् । अधिकांश सरकारी विधालयका शिक्षकहरू पनि सार्वजनिक कार्यक्रममा सहभागी भइ टिका र माला लगाएर राजनीतीक दलमा प्रवेश भइरहेका छन् ।विद्यालयको कामकाज नै ठप्प पारी शिक्षकहरु दिनभर राजनीतिक दलका नेताहरूसँग घुमफिर गर्ने, भोट माग्ने र बेलुका होटलमा रमाइलो गर्ने गरेको पाइएको छ । सरकारी विद्यालयका शिक्षकहरु राजनीतिक दलका कार्यक्रममा सहभागी हुदै आएको भएपनि जिल्ला शिक्षा कार्यालय पर्सा यस विषयमा मौन रहेको छ । शिक्षकहरूले राजनीतिक दलका कार्यक्रममा सहभागी मात्र नभई आफनै अध्यक्षतामा कार्यक्रमहरू पनि सञ्चालन गरिरहेका समाचार विभिन्न सञ्चार माध्यममा सार्वजनिक पनि भइसकेको छ । निर्वाचन आचारसंहिता २०७३ ले गैरसरकारी संस्थाहरूलाइ पनि आचारसंहिता पालना गर्नुपर्ने निर्देशन जारी गरेको भएपनि गैरसरकारी संस्थाका कर्मचारीहरूले आफनै कार्यालयमा राजनीतिक कार्यक्रमहरू गर्ने गरेको र संस्थाकै बजेटमा चियापान समेत गर्ने गरेको पाइएको छ । गैरसरकारी संस्थाहरूका कार्यालय तथा भवनमा रातभरि राजनीतिक कार्यक्रम हुने गरेको र योजनासमेत बन्ने गरेको छ ।पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारीले भने सरकारी शिक्षकहरूलाई राजनीतिक दलका कार्यक्रममा सहभागी हुन आचारसंहिताले रोक लगाएको भन्दै आपूmले शिक्ष्ँकहरूको अनुगमन गरिरहेको र आचारसंहिता उल्लंघन गर्ने शिक्षक माथि नियम अनुसार कारबाही गर्ने बताउनु भयो ।पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले आचारसंहिता–२०७३ लागू भएपछि सरकारी कर्मचारीको विषयमा निश्चित मापदण्ड तोकेको बताउनु भयो । उहाले आचारसंहिता उल्लंघनन गर्ने सरकारी कर्मचारीहरूलाई निर्वाचन ऐन २०७३ बमोजिम कारबाई र सजाय हुने व्यवस्था रहेको जानकारी दिदै सरकारी कर्मचारी तथा शिक्षकहरू राजनीतिक दलको कार्यक्रममा टीका, माला लगाइ पार्टी प्रवेश गर्नु गलत भएको बताउनु भयो । उहाले प्रमाण फेला परे आपूmले ती कर्मचारीहरुलाइ कारबाही गर्ने बताउनु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन