पर्साका सामुदायिक बिद्यालयहरुमा शिक्षकहरुको लापरवाहीका कारण पठनपाठन प्रभावित



बैशाख २६ पर्साको ग्रामिण क्षेत्रमा रहेका केहि सामुदायिक बिद्यालयहरूमा शिक्षकहरुको लापरवाहीका कारण विद्यार्थीहरुको पठनपाठनमा असर परेको छ । सुवर्णपुरमा रहेको ज्ञान बाटिका मावी, सेढवामा रहेको नेपाल राष्ट्रिय मावि , जितपुर नौकाटोलमा रहेको बितोमहतो जनता मावि ,भिखमपुरमा रहेको नेपाल राष्ट्रिय मावि लगायतका दर्जनौ सरकारी बिद्यालयहरुमा शिक्षकहरुको लापरवाहीका कारण विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको हो । ती विद्यालयरुमा शैक्षिक सत्र शुरु भएको एक महिना बित्न लागीसके पनि अझै सम्म विधार्थीहरुलाइ पाठ्यपुस्तक बितरण गरिएको छैन।सेढवामा रहेको नेपाल राष्ट्रिय माबिमा अध्ययनरत विद्यार्थीहरुलाइ बितरण गरिएका पाठ्यपुस्तकमध्ये तीन चार वटा पुस्तक पुराना र च्यातिएको रहेको कक्षा ९ मा अध्ययनरत बिद्यार्थीहरुले बताएका छन् ।यस्तै ग्रामीण भेगका विद्यालयहरुमा अहिले बिहानी कक्षा सन्चालन रहेकोमा सेढवा लगायत अन्य स्थानमा रहेका माध्यमिक बिद्यालयहरुमा शिक्षकहरु बिहान सात आठ बजे पछि मात्रै आउने गरेको र १० बजे नै छुटटी दिएर घर जाने गरेको स्थानीय अभिभावकहरुले आरोप लगाएका छन् । बिहानी कक्षा सन्चालन हुने विधालयमा बिहान ६ बजे देखि मध्यान्ह १२ बजे सम्म विद्यालय सन्चालन हुनु पर्ने प्रावधान रहेको भएपनि शिक्षकहरु ढिलो गरि आउने र चाडै छुट्टी दिएर घर फर्किने गरेका कारण पठन पाठनमा असर परेको अभिभावकहरुको भनाइ छ । बिद्यालयमा आएका बेला पनि शिक्षकहरुले कक्षा कोठामा गएर बिद्यार्थीलाई पढाउनुको सट्टा कार्यालयमै बसेर गफ मात्रै गर्ने गरेको नेपाल राष्टिय मावि सेढवाका बिद्यार्थीहरुले बताएका छन् । यसैबिच सेढवाकै विद्यालयमा अध्यापनरत शिक्षक रामजी प्रसाद महतोको छोराको बिहेको भोज खानका लागि विद्यालयका प्रधानाध्यापक जितेन्द्र प्रसाद गौरोले सोमबार बिहान साढे आठ बजे नै विद्यार्थीहरुलाइ छुट्टी दिएर घर पठाइदिएको अभिभावकहरुले बताएका छन् । यस्तै आज पनि बिहान नौ बजे नै शिक्षकहरु विद्यालय बन्द गरि घर गएको बताइएको छ । प्रधानाध्यापक जितेन्द्र प्रसाद गौरोले भने विद्यालयकै सबै भन्दा पुराना शिक्षकले आफनो छोराको विहेको भोज खान आउन निम्तो दिएकाले सोमबार बिहान नौ बजे शिक्षकहरु भोज खान गएको बताउनु भयो । मंगलबार बिहान पानी परेका कारण विद्यालयमा एकदमै कम संख्यामा विधार्थीहरु आएकाले मंगलबार पनि आठ बजे पछि छुट्टी दिएको उहाले बताउनु भयो ।पर्साको ग्रामीण भेगमा रहेका अधिकांश सरकारी बिद्यालयहरुमा शिक्षकहरुको लापरवाहीले पठनपाठनमा असर परेको भएपनि जिल्ला शिक्षा कार्यालय पर्साले अहिले सम्म कुनै चासो नदेखाएको अभिभावकहरुले गुनासो गरेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान