पर्साका २ र महोत्तरीका एक जना गरि ३ जनामा कोरोना संक्रमण पुष्टी




वीरगन्ज,१५ साउन । वीरगन्जको नारायणी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा थप तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । नारायणी अस्पतालले गएराति उपलब्ध गराएको विवरण अनुसार , अस्पतालको प्रयोगशालामा ८४ जनाको स्वाब नमूना परिक्षण गर्दा पर्साका २ र महोत्तरीका एक जना गरि ३ जनामा संक्रमण पुष्टी नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले जानकारी दिनुभयो । संक्रमण पुष्टि भएका उनीहरुको उमेर समूह २३ देखि २८ बर्ष रहेको पनि डाक्टर सिंहले जानकारी दिनुभयो ।
यसैबीच मकवानपुरको भीमफेदी कारागारमा ३ सय ५५ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । कारागारमा रहेका ९७० जना कैदीबन्दीमा गरिएको एन्टिजेन परीक्षणमा ३५५ जनामा संक्रमण पुष्टि भएको हो ।केही कैदीबन्दीमा रुघाखोकीको समस्या देखिएपछि परीक्षण गरिएको थियो । संक्रमित मध्ये १४ जनामा कोरोनाको लक्षण देखिएपछि उपचारका लागि साउन ११ गते काठमाडौं पठाइएको भीमफेदी गाउँपालिकाका स्वास्थ्य संयोजक राममान थिङले जानकारी दिनुभयो । संक्रमित कैदीबन्दीलाई स्वास्थ सुरक्षाको मापदण्ड अनुसार आइसोलेसनमा राखिएको कारागार प्रमुख नारायण पाण्डेले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड