पर्साको कालिकामाई गाउँपालिकामा पोषण कार्यक्रमको रकम खर्च हुन नसक्दा फ्रिज




वीरगन्ज,२१ साउन । पर्साको कालिकामाई गाउँपालिकामा गत आर्थिक वर्ष २०७७÷७८ को बहुक्षेत्रीय पोषण कार्यक्रमको रकम खर्च हुन नसक्दा फ्रिज भएको छ । कालिकामाई गाउँपालिकामा संघीय सरकारको सशर्त अनुदान अन्तर्गत २० लाख ५० हजार रुपैया बहुक्षेत्रीय पोषण कार्यक्रमको लागि आएको थियो । तर कालिकामाई गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी बीच तालमेल नमिल्दा उक्त रकम खर्च हुन नसकि फ्रिज भएको हो । जनप्रतिनिधिहरूको दबाबमा प्रमुख प्रशासकीय अधिकृत जयचन्द साह र लेखापाल अभिषेक साहको लापरवाहीका कारण संघीय सरकारको सशर्त अनुदानमा आएको पोषण कार्यक्रमको रकम फ्रिज भएको गाँउपालिकाकै कर्मचारीहरुले बताएका छन् ।जनप्रतिनिधिले ५० प्रतिशत कमिशन माग गरेको र त्यसमा कुरा नमिलेपछि रकम फ्रिज भएको कर्मचारीहरुको भनाइ छ । बहुक्षेत्रीय पोषण कार्यक्रमको लागि लक्षित वर्गसँग भरपाई गराएर कूपन समेत बाँडिएको अवस्थामा जनप्रतिनिधि र कर्मचारी बीचको खिंचातानीको कारण रकम फ्रिज भएको हो । कालिकामाई गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक योगेन्द्र चौरसियाले बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत वितरण गर्नुपर्ने सामग्री खरीद गरिएपनि रकम निकासा नभएको बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान