पर्साको ग्रामीण क्षेत्रमा एक हप्ता देखि भाइरल ज्वरोको प्रकोप



चैत्र २२पर्साको ग्रामीण क्षेत्रमा एक हप्ता देखि भाइरल ज्वरोको प्रकोप फैलिएको छ । लंगडी, जानकीटोला, मुडली, पोखरीया, बसन्तपुर, मिर्जापुर, धोबिनी, हरिहरपुर लगायतका गाविसका स्थानीयवासीन्दामा भाइरल ज्वरोको संक्रमण बढि देखा परेको हो । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरुमा अहिले भाइरल ज्वारोका बिरामीहरुको चाप बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । लंगडीमा रहेको स्वास्थ्य चौकीमा दैनिक १२÷१५ जना भाइरल ज्वरोका बिरामीहरु उपचारका लागि आउने गरेको इन्चार्ज चन्दन साहले बताउनु भयो । यस्तै पोखरीया अस्पतालमा पनि दैनिक ३०÷३५ जना भाइरल ज्वरोका बिरामीहरु उपचारका लागि आउने गरेको अहेब बृजेश द्धिवेदीले जानकारी दिनुभयो । अहिले मौसम बदलीको बेला भएका कारण भाइरल ज्वरोको प्रकोप बढि देखा परेको चिकित्सकहरुले बताएका छन् । चैत बैशाखको घाम स्वास्थ्यका लागि हानीकारक हुने भएकाले चर्को घाममा बढि घुमफिर नगर्न, घामबाट फर्किए लगत्तै चिसो पानी नपिउन, सकभर उमालेको पानी पिउन, बढी तेल मशालायुक्त खाना नखान, काक्रो, मुला, गाँजर, सागपात बढी सेवन गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान