पर्साको ठोरीमा आगलागी हुँदा दुई फुसको घर र गोठ जलेर नष्ट



जेठ १४ पर्साको ठोरीमा विधुत सर्ट भई आगलागी हुँदा दुई वटा फुसको घर र गोठ जलेर नष्ट भएको छ । पर्साको साविक ठोरी ७ टाउन प्लानमा आइतबार विहान विधुत सर्ट भई आगलागी हुँदा स्थानीय अम्बर बहादुर तामागंको एउटा फुसको घर र एउटा गोठ जलेर पुर्ण रुपमा नष्ट भएको छ । त्यस्तै तामागंकै छोरा सन्तु तामागंको पनि छर जलेर पुर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट अम्बर तामागंको तीन वटा गाई , १० वटा कुखुरा , एउटा बाख्रा , १५ मुरी धान , ३० पाथी तोरी , नगद ८ हजार , लत्ता कपडा र भाँडाकुडा गरी करीब तीन लाख पचार हजार बराबरको क्षती भएको अनुमान गरीएको छ भने सन्तु तामागंको एक थान सोलार , भाडाकुँडा , लत्ताकपडा गरी दुई लाख पचास हजार बराबरको क्षती भएको हनुमान गरीएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरिक्षक लोकेन्द्र सिंह गुरुले जानकारी दिनुभयो । ११ हजार भोल्टको हाईटेन्सन तार चुडीएर घरमाथि खसेपछि विहान साढे चार तिर आगलागी भएको प्रहरी निरिक्षक गुरुले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भङ्गगहाका भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालीहरुलाइ विभिन्न बहानामा दुख दिने गरेको स्थानीयहरुकोगुनासो
महानगरपालिकाको स्वास्थ्य सेवा प्रवाहमा कुनै कमी हुन नहुने , नगरप्रमुख सरावगीको दाबी
बाराका एक २० बर्षीय कोरोना संक्रमित युवकको मृत्यु
राष्ट्रियसभा दुई विधेयक पारित