पर्साको ठोरीमा रहेको सानो बाघमोर्चा र ठुलो बाघमोर्चा जोड्ने झोलुङ्गे पुलमुनी पक्की पुल को शिलान्यास



माधव तिमिल्सिना
ठोरी,१७ असोज । पर्साको ठोरी गापा –५ मा रहेको सानो बाघमोर्चा र ठुलो बाघमोर्चा जोड्ने झोलुङ्गे पुलमुनी पक्की पुल बन्ने भएको छ । ठोरी गापाले चालू आर्थिक वर्षमा सो पुल निर्माणका लागि विनियोजन गरेको रु ५० लाख बजेटबाट पुल निर्माण हुन लागेको हो ।

कुल १६.६० मिटर लम्बाईको बन्ने उक्त पुलको आइतबार ठोरी गापा अध्यक्ष पदमलाल श्रेष्ठले शिलान्यास गरेका छन् । ठोरीकै ऐतिहासिक बाघमोर्चामाई मन्दिर तथा तामाङ समुदायको उल्लेख्य बसोबास रहेको ठूलो बाघमोर्चालाई बीरगंज ठोरी हुलाकी सडकसंग जोड्ने सहजताका लागि पुल निर्माण गर्न लागिएको गापा अध्यक्ष श्रेष्ठले बताए।

झोलुङ्गे पुलबाट दुई पाङ्ग्रे सवारी आवतजावत हुने भएपनि चार पाङ्ग्रे सवारी ओहोरदोहोर गर्न खोलाको कारणले समस्या भएको र ठूलो बाघमोर्चाबासीलाई बर्षातमा एम्बुलेन्स लैजान समेत कठिन पर्ने अवस्था देखिएकोले आवश्यकताका आधारमा सो पुल निर्माण गर्न बजेट विनियोजन गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

पुल निर्माण सम्पन्न भएपछि ठूलो बाघमोर्चाबासी र बाघमोर्चामाई मन्दिर दर्शनका लागि जाने भक्तजनहरुलाई सहज हुने उनको विश्वास छ ।
५.५ मिटर चौडाइको उक्त पुलको निर्माण चालु आर्थिक बर्षभित्र सक्ने गरी कोइराला कन्स्ट्रक्सनले ठेक्का सकारेको छ । गापा कार्यालयसँगको सम्झौता अवधिमा नै पुल निर्माणको काम सकिने गरी पुल निर्माण गरिने कन्स्ट्रक्सनका प्रोपाइटर सुर्य कोइरालाले जानकारी दिए।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

टीकाको उत्तम साइत बिहान १० : ०२ बजे शुरु गरियो
सामुदायिक रेडियो माडीको चौथो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन
बडा दसैँको मुख्य दिन आज देखि सुरु, वीरगन्जको प्रसीद्ध शक्तिपिठ गहवामाइ मन्दिरमा पनि हर्षोल्लाशका साथ फुलापाती भित्रयाइयो
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि