पर्साको धोविनी गाउँपालिकाबाट ठूलो परिमाणमा कुखुराको चल्ला बरामद



बैशाख ३ पर्साको धोविनी गाउँपालिकाबाट प्रहरीले आइतबार ठूलो परिमाणमा ब्रोईलर कुखुराको चल्ला बरामद गरेको छ । भारतबाट अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा धोविनी वडा नं १ घोडदौड पिपराबाट प्रहरीले ४ हजार ४० वटा कुखुराको चल्ला बरामद गरेको हो । ६२ कार्टुन चल्ला दुई वटा मोटरसाईकलमा राखेर ल्याउँदै गरेको अवस्थामा दुईजना चल्ला तस्कर समेत पक्राउ परेका छन् । पक्राउ पर्नेमा जानकीटोलाका साविर देवान, भिखमपुरका आलम मियाँ रहेका छन् । चल्ला ल्याउन प्रयोग गरिएको बिआर २२ आर ८९९८ र बिआर २२ जे २०३० नम्बरको मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाईकलमा लोड गरी भारतको ईनर्वा मैनाटाँडको बीच बाटो भएर अवैध रुपमा चल्ला नेपाल ल्याउँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।चल्ला आवश्यक कारबाहीका लागिपशु क्वारेन्टाईन कार्यालयमा पठाईएको उहाँले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड