पर्साको नगर र ग्रामीण भेगका नाकाहरुबाट भारतीय धानको बीउ तस्करी



जेठ ६ पर्साको नगर तथा ग्रामीण भेगका नाकाबाट भारतीय धानको बीउ तस्करी भइरहेको छ । वीरगन्जको इनर्वा र छपकैया तथा ग्रामीण भेगका बहुअर्वाभाठा , जानकीटोला , भीखमपुर, भिस्वा , सबैठवा , अमरपट्टी लगायतका नाकाबाट कारोबारीहरुले भारतीय धानको बीउ व्यापक मात्रामा तस्करी गरिरहेको स्थानीयवासीले बताएका छन् । भारतबाट तस्करी गरेर ल्याइएको धानको बीउ कारोबारीहरुले पर्साको वीरगन्ज , पोखरीया , विन्दवासीनी , जगरनाथपुर, परवानीपुर तथा बाराको जितपुर, सिमरा , पथलैया सम्म लगेर महङगो भाउमा बिक्रि वितरण गरिरहेका छन् । कारोबारीहरुले भारतको इनर्वा , भंगाहा , रक्सौल , सिक्टा , घोडासहन लगायतका बजारबाट धानको बीउ खरिद गरेर साइकल र मोटरसाइकलमा लोड गरेर अवैध रुपमा नेपाल भित्रयाइरहेको गाँउलेहरुले बताएका छन् । अहिले धानको बीउ छर्ने बेला भइसकेको भएपनि पर्सा र बारामा रहेका कृषि विकास कार्यालय तथा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरले प्रयाप्त मात्रामा सरकारी अनुदानको धानको बीउ उपलब्ध नगराएका कारण किसानहरु भारतबाट तस्करी गरेर ल्याइएको भारतीय बीउ नै महङगो भाउमा खरिद गर्न बाध्य भएका छन् । भारतबाट तस्करी गरेर ल्याइएका काबेरी, पानछाप, सुफला ब्राण्डका धानको बीउ किसानहरुले प्रति केजी ८० देखि एक सय रुपैया सम्मको भाउमा खरिद गरिरहेको गाँउलेहरुले बताएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड