पर्साको पर्सागढी नगरपालिकाले आफनो नगरका विरामीलाई निःशुल्क रगत उपलब्ध गराउने



वीरगन्ज,९ भाद्र । पर्साको पर्सागढी नगरपालिकाले नगर क्षेत्रका विरामीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ ।पर्सागढी नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी पर्सा शाखासँग निःशुल्क रगत उपलब्ध गराउने बारे सहमति गरेको हो ।

रेडक्रस सोसाइटी पर्सा शाखाका मन्त्री शैलेन्द्र कुमार चौरसिया र पर्सागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव बीच निःशुल्क रगत उपलब्ध गराउने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले वीरगञ्जमा रक्तसञ्चार केन्द्र सञ्चालन गर्दै आएको छ ।

अबदेखि रक्तसञ्चार केन्द्रले पर्सागढीका विरामीलाई उपलब्ध गराउने रगत वर्गीकरण, रगत राख्ने ब्याग, क्रस म्याचिङ, ग्रुपिङ एवं परीक्षण वापत लाग्ने शुल्क नगरपालिकाले बेहोर्नेछ ।यसअघि पर्साको बहुदरमाई नगरपालिकाले पनि नगरवासीलाई आवश्यक पर्दा निःशुल्क रगत उपलब्ध गराउने गरी रेडक्रससँग सम्झौता गरेको थियो ।

जिल्लाका सबै पालिकालाई निःशुल्क रगत उपलब्ध गराउन प्रेरित गरिरहेको नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति विरेन्द्रराज कँडेलले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन