पर्साको बहुदरामाइ गाँउपालिकाका वडा नम्बर ६ का सचिव घुस सहित रङगे हात पक्राउ



असार २८ सेवाग्राहीसंग घुस लिदै गरेको अवस्थामा पर्साको बहुदरामाइ गाँउपालिका वडा नम्बर ६ गम्हरीयाका वडा सचिवलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार दिउँसो वीरगन्जबाट पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौडाबाट डिएसपी महेन्द्र खड्काको नेतृत्वमा आएको टोलीले वडा सचिव दिपक खनाललाइ घुस रकम सहित रङगे हात पक्राउ गरेको हो । वीरगन्जको तेजारथ टोलमा स्थित आफनो डेरामा बोलाएर सेवाग्राहीसंग ३० हजार रुपैया घुस लिदै गरेको अवस्थामा वडा सचिव खनाललाइ अख्तियारको टोलीले पक्रेको हो । बालविकास कोषको ९२ हजार रुपैया रकम निकासा गर्नका लागि स्थानिय शासन तथा सामुदायिक विकाश कार्यक्रमका सामाजिक परिचालक सतार मियाँसंग ३० हजार रुपैया घुस लिदै गरेको अवस्थामा वडा सचिव खनाललाइ अख्तियारको टोलीले पक्राउ गरेको हो । घुस रकम सहित पक्राउ परेका वडा सचिव खनाललाइ अख्तियारको टोलीले हेटौडा लिएर गएको हाम्रा सहकर्मी आर के पटेलले जनाएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन