पर्साको बेल्वा गाउपालिकालाई वीरगंज महानगरपालिकामा गाभेपछि स्थानियहरु रुष्ट



जेठ ११ पर्साको बेल्वा गाउपालिकालाई वीरगंज महानगरपालिकामा गाभेपछि स्थानिय जनताहरु रुष्ट भएका छन । सरकारले मंगलबार वीरगंज उपमहानगरपालिकालाई बेल्वा गाउपालिका गाभेर महानगरमा स्तरोन्ती गरेपछि त्यहाका जनताहरु रुष्ट भएका हुन । विना पुर्वाधारको उक्त गाउपालिकालाई महानगरमा गाभेपछि आफुहरुमाथि आर्थिक भार परेको भन्दै गाउपालिका नै रहनुपर्ने स्थानिय जनताहरुको भनाई छ । बर्षौदेखि वीरगंज उपमहानगरपालिका रहेपनि उचित पुर्वाधारको विकास हुन नसकेको भन्दै महानगर बनेपनि बेल्वा गाउपालिकाबासीको लागि केहि फाईदा नहुने उनीहरुको भनाई छ ।बेल्वा गाउपालिकालाई महानगरमा मिलाएपछि नक्सा पास,मालपोत कर लगायतका आर्थिक भार थपिएको भन्दै विरोधको स्वर समेत सुनिन थालिएको छ ।साबिकका बेल्वा वार्ड नं ३ निवासी झोटी साहले बेल्वालाई पुन गाउपालिका नै कायम गर्नुपर्ने बताएका छन।यसैगरि सोही ठाउका स्थानीय राजईशवर पासवानले बिरगंजमा बिकाश कार्यको गति एकदमै सुस्त रहेको भन्दै गाउलाई महानगरमा मिसाउदा गाउको बिकाश कार्य गर्न कठिनाई उत्पन्न हुने भएकाले कि बेल्वालाई नगरपालिका घोषणा गर्नु्परयो नत्र साबिककै गाउपालिकामा परिणत गर्नुपर्ने मांग गरेका छन । उक्त गाउपालिका अन्तरगतका स्थानिय राजनैतिक दल एमाले ,कांग्रेस ,माओवादी र मधेशी दलका नेताहरु बिहीबार बैठक गरि गाउपालिका नै हुनुपर्न निर्णय गरेको हाम्रा सहकर्मी राम मण्डलले जनाएका छन । स्थानिय नेताहरुले भोली सर्वपक्षिय बैठक बसि आन्दोलनको घोषणा गर्ने जनाईएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान