पर्साको मधुवनमथवलमा करेन्ट लागेर एक बालकको ज्यान गयो



असार १९ पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर १ मधुवनमथवलमा सोमबार कररेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ । मधुवन मथवलको गढी टोलमा खेतमा सिंचाइका लागि जडान गरिएको विद्युतीय मोटरको तारबाट प्रवाह भएको करेन्ट लागेर स्थानीय १० वर्षिय सबिन बम्जनको मृत्यु भएको हो ।विद्यालयबाट घर फर्किने क्रममा आफनो खेतमा गएका बालक सबिनलाइ करेन्ट लागेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बालकको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा पठाइएको इलाका प्रहरी कार्यालय एकटङगाका प्रहरी नायव निरिक्षक लक्ष्मण गौतमले जानकारी दिनु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड