पर्सा जिल्लामा करिब एक सय ५० वटा बोर्डिङ्ग स्कुलहरु नियम विपरित संचालनमा



बिन्दुभुषण साह÷राम मण्डल बीरगंज पर्सा
साउन २ पर्साको वीरगंज लगायत ग्रामिण क्षेत्रमा करिब एक सय ५० वटा बोर्डिङ्ग स्कुलहरु नियम विपरित संचालनमा रहको पाईएको छ । जिल्ला शिक्षा कार्यालय पर्सामा दर्ता नै नभई वीरगंज महानगरपालिका लगायत जिल्लाको ग्रामिण क्षेत्र विन्दवासिनी, झौवागुठी अमरपट्टी, ईटियाही गर्दौल, बहुवर्वाभाठा, पोखरिया ,पकहा मैनपुर ,सबैठवा ,भिष्वा, सेढवा , निर्मलबस्ती, मिलनचोक ,जगरनाथपुर, बेल्वा लगायतका स्थानमा रहेका करिब १ सय ५० भन्दा बढी बोर्डिङ्ग स्कुलहरु नियम विपरित  संचालनमा रहेका छन् । जिल्ला शिक्षा कार्यालय पर्साका कर्मचारी , श्रोत व्यक्ति र विद्यालय निरीक्षकहरुकै संरक्षणमा ती  बोर्डिङ्ग स्कुलहरु संचालनमा रहेको बताइएको छ । पर्सामा संचालित अबैध बोर्डिङ्ग स्कुलहरुको अनुगमनको नाममा जिल्ला शिक्षा कार्यालय पर्साबाट खटिएका कर्मचारीहरुले स्कुल्को आम्दानी अनुसारको मासिक नजराना बुझेर संरक्षण दिईरहेको एक निजि स्कुलका संचालकले नै बताएका छन् । गुणस्तरिय शिक्षाका लागि बालबालिकाका अविभावकहरुले ती बोर्डिङ्ग स्कुलहरुबाट बर्षौ देखि ठगिदै आएको भएपनि सम्बन्धित निकाय भने मौन बसेको छ । आफनो बालबालिकाको उज्वल भविष्यको लागि गाँस कटाएर नीजि बिद्यालयमा भर्ना गरिएका बालबालिकाको समेत भविष्य अन्धकारमा हुने हुदा समयमै यस्ता बोडिंग स्कुलहरुलाई नियन्त्रण गर्न आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन । शैक्षिक व्यापारको लागि पर्साको ग्रामिण क्षेत्रमा खोलिएका अबैधानिक बोर्डिङ स्कुलहरुको  भौतिक पुवाधार पनि निकै कमजोर रहेको पाईएको छ । पर्साको ईटियाही ,निचुटा र पकहा चोकमा खोलिएका बोर्डिग स्कुलहरु फुसको छानो भएको सानो कोठामै सञ्चालित छन् । तराई मधेसमा अत्यधिक गर्मीको बेला सानो कोठामा अव्यवस्थित बसाईले दुर्गन्ध फैलाउने गरेकोले स—साना बालबालिकालाई सास्ती हुने गरेको छ ।सामुदायिक विद्यालय प्रति विश्वास नभएका कारण अभिभावकहरु चर्को शुल्क तिरेर पनि आफना छोराछोरीलाइ निजि विधालयमै पढाउन बाध्य छन् ।  बिना दर्ता सञ्चालनमा रहेका बोर्डिङ स्कुलहरुले विद्यार्थीहरुको भविष्यसँंग खेलवाड गरिरहेको भएपनि सम्बन्धित निकायको कुनै चासो नभएको पकहामैनपुरका स्थानिय अभिभावक मकसुल अंसारीले गुनासो गर्नुभयो । पर्साका जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजकले भने छिटै अनुगमन गरेर अवैधानिक बोर्डिङ स्कुलहरु बन्द गरिने आश्वासन दिनुभएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान