पर्साको सखुवा प्रसौनी गाउँपालिकामा माओवादी केन्द्रको भेला सम्पन्न



बैशाख १७ पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नंबर ३ कटैया पश्चिम टोलमा नेकपा माओवादी केन्द्रको भेला आईतबार सम्पन्न भएको छ । भेलाले दुवर राम अध्यक्ष रहने गरी १५ सदस्यीय वडा कमिटि गठन गरेको माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं सखुवा प्रसौनी गाउँपालिका संयोजक लालबिहारी रामले जानकारी दिनुभयो । नव गठित कमिटिको उपाध्यक्षमा ब्रम्हा राम, सचिवमा जयलाल राम र कोषाध्यक्षमा सुनरकली देवि राम रहनु भएको छन् । त्यस्तै सदस्यहरुमा जोगिन्द्र साह कुर्मी, मुस्तकिम अन्सारी, चन्देश्वर साह बालेश्वर यादव लगायत रहेका छन् । हनिफ मियाँको अध्यक्षतामा भएको भेलामा जिल्ला कमिटि सदस्य हिरालाल रामको पनि उपस्थिति रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन