पर्साको सन्ठी औराहामा रहेको माध्यमिक विद्यालयमा शिक्षकको अभावले पठनपाठन प्रभावित



चैत ३१ पर्साको जगरनाथपुर गाँउ पालिका वडा नम्बर ६ सन्ठी औराहामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा शिक्षकहरुको अभाव हुदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा आवश्यकता अनुसारको शिक्षक नहुदा दुइ वर्ष यता देखि विधार्थीहरुको संख्या पनि ह्वात्तै घटेको छ । २०७१ सालको शैक्षिक सत्रमा ६ सय ५० जना अध्ययनरत विधालयमा पोहोर साल देखि भने दुइ सय भन्दा पनि कम विधार्थीहरु भर्ना भएको विद्यालयका प्रधानाध्यापक लालदेव प्रसाद यादवले बताउनु भयो । सन्ठी औराहाको माध्यमिक विद्यालयमा अहिले स्थायी तर्फ प्रधानाध्यापक सहित तीन जना प्रावि तहका , राहतमा निमावी तहका दुइ र प्रावि तहका एक तथा काजमा माध्यमिक तहका एक गरि कुल सात जना मात्र शिक्षकहरु कार्यररत रहेका छन् । शिक्षकहरुको अभाव तथा अधिकांश शिक्षक प्रावि र निमावी तहका भएका कारण विद्यालयको पठनपाठन गुणस्तरीय हुन नसकेकाले विद्यालयमा विधार्थीहरुको संख्या घट्दै गएको प्रधानाध्यापक यादवले बताउनु भयो । शिक्षकको दरबन्दी थप गरिदिन जिल्ला शिक्षा कार्यालय पर्सामा पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको प्रधानाध्यापक यादवको गुनासो छ । सन्ठी औराहामा रहेको विद्यालयलाइ २०६६ साल देखि माविमा स्तरोन्नत्ती गरिएको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड