पर्साको सुर्वणपुर गाँउपालिकालाइ नगरपालिका घोषणा गर्न माग गर्दै स्थानीयवासी आन्दोलित



जेठ ९ पर्साको सुर्वणपुर गाँउपालिकालाइ नगरपालिका घोषणा गर्न माग गर्दै स्थानीय राजनीतिक दलका नेताहरुले मंगलबार विरोध प्रदर्शन गर्दै मुख्य दलका शीर्ष नेता र सांसदहरुको पुत्ला दहन गरेका छन् ।सुर्वणपुर चोकमा मंगलबार बिहान स्थानीय दलका नेता कार्यकर्ताहरुले प्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल , उपप्रधानमन्त्री एंव नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गच्छेदार , पर्सा क्षेत्र नम्बर ४ का सांसद सुरेन्द्र प्रसाद चौधरी , पर्सा क्षेत्र नम्बर ५ का सांसद जय प्रकाश थारु र पुर्वसभासद रमेश रिजालको पुत्ला दहन गरेका हुन् । उनिहरुले सुर्वणपुर गाँउपालिकामा रहेका सरकारी कार्यालय र विद्यालयहरु पनि आज देखि अनिश्चितकालका लागि बन्द गरेका छन् ।आज विहानै देखि प्रदर्शनमा उत्रिएका सुवर्णपुरका स्थानीयबासिन्दाले सुवर्णपुर चोकको मूल सडकमा पाल टाँगेर सडक पनि अवरुद्ध पारेका छन् । उनिहरुले वीरगन्ज ठोरी रुट र सुर्वणपुरबाट ठोरी हुदै काठमाण्डौ चल्ने यात्रुवाहक बसहरु पनि आज देखि चल्न नदिने बताए छन् ।सोमबार राति बसेको मन्त्रिपरिषद बैठकले तराइ मधेसका जिल्लमा २२ वटा स्थानीय तहको संख्या थप गर्दै केहि गाँउपालिकालाइ नगरपालिका बनाउने निणर््य गरेपनि सुर्वणपुर गाँउपालिकालाइ नगरपालिका नबनाएकाले त्यसैको विरोधमा सुर्वणपुर गाँउपालिकमा सकृय नेपाली काँग्रेस , नेकपा एमाले , नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ताहरुले आज बिहान सुर्वणपुर चोकमा प्रदर्शन गरेका हुन् । सरकारले सुर्वणपुर गाँउपालिकालाइ नगरपालिका बनाउनु सट्टा टुक्राउने षडयन्त्र गरेको स्थानीय दलहरुको आरोप छ । अहिले सुर्वणपुर गाँउपालिकमा रहेका साविकका ठोरी, निर्मलवस्ती, सुवर्णपुर, महादेवपट्टी र सेढवा गाविसलाई समेटेर नगरपालिका बनाउनुपर्ने माग आफूहरुले राखिरहेको समयमा सरकारले त्यसको वेवास्ता गरी उल्टै सुवर्णपुर गाउँपालिकामा समावेश भएका केही गाविसलाई कटौती गर्ने प्रयास भैरहेको विरोधमा प्रदर्शन गरिएका काँग्रेसका स्थानीय नेता विश्वराज घिमिरेले बताउनु भयो ।सरकारले सुवर्णपुर गाउँपालिकामा रहेका साविकका ५ वटा गाविस मध्ये सेढवालाई हटाएर ४ वटा गाविस महादेवपट्टी, सुवर्णपुर, निर्मलवस्ती र ठोरीलाई मिलाएर एउटा गाउँपालिका बनाउने तयारी गरिरहेकाले सुवर्णपुरवासी आन्दोलनमा उत्रन बाध्य भएको घिमिरेले बताउनु भयो । विरोध प्रदर्शनमा नेपाली काँग्रेसका विश्वराज घिमिरे, शम्भु पौडेल, नेकपा एमालेका मिन बहादुर ,नेकपा माओवादी केन्द्रका अष्ट बहादुर लोप्चन , राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रताप पाख्रिन लगायतको सहभागीता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भङ्गगहाका भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालीहरुलाइ विभिन्न बहानामा दुख दिने गरेको स्थानीयहरुकोगुनासो
महानगरपालिकाको स्वास्थ्य सेवा प्रवाहमा कुनै कमी हुन नहुने , नगरप्रमुख सरावगीको दाबी
बाराका एक २० बर्षीय कोरोना संक्रमित युवकको मृत्यु
राष्ट्रियसभा दुई विधेयक पारित