पर्साको सुवर्णपुरमा जंगली हातिको आतंक



असोज २५ बीरगंज
पर्साको ठोरी गाउँपालिका वार्ड नम्बर ५ सुवर्णपुरमा रातभर जंगली हातिले आतंक मच्चाउनुका साथै ५ जना स्थानीयहरुको घर भत्काएको छ । गाँउ नजिकै रहेको पर्सा राष्ट्रिय निकुञ्जबाट राति साढे एघार बजेतिर मानव बस्तीमा प्रवेश गरेको हातिले रातभर आतंक मच्चाउनुका साथै स्थानीय जिवन परियार ,जेठा स्याङ्तान, दुधे पाख्रिन र रामबहादुर दोम्जनको घर भत्काउनुका साथै गाउँमा रातभर आतंक मच्चाएको छ । हातिलाइ स्थानीय बासी ,नेपाल प्रहरी ,सशस्त्र प्रहरी र सुनाखरी उपभोक्ता इकाई समितिको सहयोगमा बुधबार बिहान चार बजेतिर मात्र जङ्गल तर्फ धपाउन सफल भएको सुनाखरी उपभोक्ता इकाई समितीका अध्यक्ष देवि प्रसाद दहालले जानकारी दिनुभयो । यसरी दिनहुँ जंगली हातिले आतंक मच्चाउदा समेत सम्बन्धित निकाय मौन रहेकोप्रती स्थानीयबासिले आक्रोश व्यक्त गरेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड