पर्साको ४ वटै क्षेत्रमा फोरम नेपाल र राजपा गठबन्धनका उम्मेदवार विजयी



मंसिर २५ बीगञ्ज
पर्साको ४ वटै प्रतिनीधि सभा क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । काँग्रेस एमालेको किल्लाको रुपमा रहेको पर्साका ४ प्रतिनीधि सभा सदस्यमा फोरम नेपाल र राजपा गठबन्धनका उम्मदवार विजयी भएका छन् । पर्सा क्षेत्र नं १, २ र ३ मा फोरम नेपाल र पर्सा क्षेत्र नं ४ मा राजपा नेपालका उम्मेदवार विजयी भएका छन् । फोरम नेपल राजपा गठबन्धनका उम्मेदवार एंव फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादव बिजयी हुनु भएको छ । यादव २१ हजार १ सय ३२ मत प्राप्त गरि बिजयी हुनु भएको हो । उहाँले आफना निकटतम प्रस्पिर्धी कांग्रेसका अनिल रुंगटालाई ४ हजार ६ सय ५१ मत अन्तरले पराजित गर्नुभएको हो । रुंगटाले १६ हजार ४ सय ८१ मत प्राप्त गर्नु भएको छ । यसैगरि तेस्रो स्थानमा रहेका बाम गठबन्धनका उम्मेदवार एमालेका बिचारी यादवले ५ हजार ४ सय ८१ मत मात्र ल्याउनु भएको छ। प्रतिनिधी सभा सदस्यमा नव निर्बाचित यादव, सामुदायिक रेडियो नारायणी एफएम वीरगञ्जको सञ्चालक समितिका अध्यक्ष पनि हुनुहुन्छ ।पर्सा क्षेत्र नं २ को प्रतिनीधि सभा सदस्यमा फोरम नेपालका विमल श्रीवास्तव विजयी हुनुभएको छन् । उहाँ निकटतम प्रतिद्वन्दी भन्दा १ हजार ४ सय ६५ मत बढी ल्याएर विजयी हुनुभएको हो । फोरम नेपालका श्रीवास्तवले २० हजार १ सय ६९ मत ल्याउँदा नेपाली काँग्रेसका अजय कुमार चौरसियाले १९ हजार ७ सय ४ मत प्राप्त गर्नुभयो । यसअघि उनी राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रबाट गरि चार पटकसम्म वीरगञ्जको मेयर भईसकेका छन् । पर्सा क्षेत्र नं ३ बाट प्रतिनीधि सभा सदस्यमा फोरम नेपालका हरि नारायण रौनियार विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्दी भन्दा १ हजार ३ सय ६५ मत बढी ल्याउनुभयो । रौनियारले १५ हजार १ सय ६६ मत प्राप्त गर्दा निकतम प्रतिद्वन्दी सुरेन्द्र चौधरीले १३ हजार ८ सय १ मत ल्याउनुभयो । निवर्तमान सांसद नेकपा एमालेका नेता राजकुमार गुप्ताले १० हजार ९८६ मत पाउनुभयो ।
यसैबीच पर्सा क्षेत्र नं ४ प्रतिनीधि सभा तर्फ राजपा नेपालका लक्ष्मणलाल कर्ण विजयी हुनुभयो । कर्णले निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार रमेश रिजाल भन्दा ६ हजार ३६ मत बढी ल्याएर विजयी हुनुभएको हो । नेता कर्णले २० हजार ७ सय ३८ मत ल्याँउदा नेपाली काँग्रेसका रमेश रिजाल १४ हजार ७ सय मत ल्याउनुभयो । भने माओवादी केन्द्रकी नेतृ उर्मिला अर्यालले ९ हजार ६ सय १७ मत पाउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान