पर्साबाट नव निर्बाचित जनप्रतिनिधीहरु प्रेस मञ्च पर्साद्धारा सम्मानित



पुस ७ बीरगञ्ज
प्रेस मञ्च नेपाल पर्साले शुक्रबार एक कार्यक्रमको आयोजना गरि पर्साबाट नव निर्बाचित प्रतिनिधी र प्रदेश सभा सदस्यहरुलाई सम्मान गरेको छ ।नेपाल पत्रकार महासंघ पर्सा शाखामा अयोजित सम्मान कार्यक्रममा पर्सा क्षेत्र नम्बर ४ बाट निबाृचित प्रतिनिधी सभा सदस्य एवं राजपा सहअध्यक्ष लक्ष्मणलाल कर्ण, संघयि समाजबादी फोरम नेपालका केन्द्रिय सदस्य एव पर्सा क्षेत्र नम्बर ३ बा निर्बाचित सांसद हरिनारायण रौनियार, फोरम पर्साका उपाध्यक्ष एवं विधायक मन्जुर अन्सारी, युवा नेता एवं विधायक जन्नत अन्सारी, पकहा मैनपुर गाउपालिकाका प्रमुख विजय चौरसियालाई दोसल्ला ओढाएर फुल माला र टिका लगाई सम्मान गरिएको थियो ।कार्यक्रममा राजपाका महासचिव शिव पटेल, सहमहासचिव नेजामुदिन समानी, केन्द्रिय सदस्य रम्भा मिश्रा, पर्सा जिल्ला संयोजक प्रेम बाबु पटेल, अध्यक्ष मण्डलका सदस्य विरेन्द्र यादव, विरगंज महानगर उपाध्यक्ष सुरेश साह कानु लगायतकाले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण प्रेस मञ्च पर्साका उपाध्यक्ष नन्दकिशोर गिरी र स्वागत मन्तब्य सचिव दिपक चौरसिया व्यक्त गरेका थिए । कार्यक्रममा प्रेस पर्सा शाखाका कोषाध्यक्ष कृष्णा यादव, जिल्ला सदस्य जाकिर हुसैन, अविनाश झाले समन्वयकारी भुमिका निर्वाह गरेका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान