पर्सामा आसन्न निर्वाचनका लागि इजाजत प्राप्त हतियार चुनौती बन्ने सम्भावना



बैशाख २४ पर्सामा व्याक्तिको प्रयोगमा रहेका इजाजत प्राप्त हतियारका कारण आसन्न स्थानिय तह निर्वाचनका लागि सुरक्षा चुनौती थपिने सम्भावना बढ्दै गएको छ । स्थानीय प्रशासनबाट इजाजत लिई राखिएका हतियारहरु जिल्ला प्रहरी कार्यालयमा बुझाउन स्थानिय प्रशासनले पटक पटक आह्वान गरेको म्याद समाप्त भएपनि सम्बन्धित हतियारधनीहरुले आफुसंग रहेका हतियारहरु नबुझाउदा आसन्न स्थानिय तह निर्वाचनका बेला त्यसको दुरुपयोग हुने खतराले सुरक्षा चुनौति थपिने सम्भावना बढेको हो ।पर्सा जिल्लामा कुल सात सय ७२ वटा इजाजत प्राप्त हतियार व्याक्तिको प्रयोगमा रहेको भएपनि अस्ति बैशाख २२ गते सम्म जिल्ला प्रहरी कार्यालयमा ३८ वटा मात्र हतियार सम्बन्धित हतियारधनीले बुझाएका छन् । प्रहरी कार्यालयमा सर्वसाधारणले बुझाएका हतियारहरुमा २२ बोरको दुई नाले बन्दुक १८ थान, २२ बोरकै एक नाले बन्दुक १३ थान , टु टु राइफल ६ थान र हवादारी एयरगन बन्दुक एक थान रहेको पर्साका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले बताउनुभयो ।सुरक्षाका दृष्टीकोणले संवेदनशील मानिएका तराईका आठ जिल्ला मध्येको पर्सा जिल्लामा निर्वाचनका बेला अधिकांश इजाजत प्राप्त हतियार व्यक्तिको घरमै रहने भएपछि यसले आसन्न चुनावका लागि सुरक्षा चुनौति बढाएको पर्साका प्रहरी नायब उपरिक्षक जोशीले बताउनु भयो । उहाँले गत चैत ३ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकले पहिलो पटकका लागि २०७३ साल फागुन २० गते देखी चैत ३० गते सम्म र दोस्रो पटकका लागि बैशाख ९ गते देखी १५ गते सम्ममा हतियार बुझाउन म्याद दिएको भएपनि जिल्ला प्रहरी कार्यालय पर्सा र मातहका प्रहरी चौकीमा गरी ३८ थान मात्र हतियार सम्बन्धित व्याक्तिहरुले बुझाएको जानकारी दिनुभयो । प्रहरी कार्यालयमा नबुझाइएका इजाजत प्राप्त हतियारहरु आसन्न चुनावका लागि ठुलै चुनौतीको विषय बन्न सक्ने पर्साका प्रमुख जिल्ला अधिकारी केवशराज घिमिरेले पनि बताउनु भयो । उहाँले हतियार बुझाउन दुई पटक म्याद दिइएको र दुई वटै म्याद वितेपनि अझै सात सय ४३ थान हतियार व्यक्तिकै नियन्त्रणमा रहेकाले सुरक्षा चुनौतिलाई बढाएको बताउनु भयो । नेपाल सरकारबाट इजाजत प्राप्त हतियारलाई प्रहरी कार्यालयमा बुझाउन अन्तिम पटकका लागि आज देखी १० दिनका लागि म्याद थप गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो ।अन्तिम पटकको म्याद भित्र समेत हतियार प्रहरी कार्यालयमा नबुझाए प्रचलित कानुन अनुसार कार्यवाही प्रकृया अगाडी बढाइने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो ।दुई दुई पटक सुचना आह्वान गर्दा समेत ५ प्रतिशत मात्र हतियार सम्बन्धित व्यक्तिहरुले नबुझाएका कारण आफुहरुलाई चिन्तित बनाएको भन्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले अन्तिम पटकको म्यादमा पनि हतियार नबुझउनेलाई प्रहरीले पक्राउ गरेर हातहतियार खर खजाना ऐन २०१९ अनुसार कार्यवाही गर्ने जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड