पर्सामा कोभिसिल्ड खोपको पहिलो डोज लगाएका ३७ हजार भन्दा बढि व्याक्तिहरु अझै पनि दोश्रो डोजको प्रतिक्षामा



वीरगन्ज, १४ साउन । पर्सा जिल्लामा भारतीय कम्पनिले उत्पादन गरेको कोभिसिल्डको पहिलो डोज खोप लगाएका ३७ हजार भन्दा बढि व्याक्तिले दोश्रो डोजको खोप अहिले सम्म पनि लगाउन पाएका छैनन् । स्वास्थ्य कार्यालय पर्साका अनुसार , पर्सामा पटकपटक गरि कोभिसिल्ड खोप ४७ हजार ४ सय डोज आएको थियो ।

कोरोना महामारी नियन्त्रणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र जेष्ठ नागरिकहरुलाई खोप वितरणमा प्राथमिकता दिन सरकारी निर्देशन थियो । जस अनुसार ४७ हजार १ सय ३० जनाले कोभसिल्ड खोपको पहिलो डोज लगाएका छन् ।तर भारतले खरिद सम्झौता अनुसार थप १० लाख डोज कोभिसिल्ड खोप नदिएका कारण पर्सामा ९ हजार ५ सय १४ जनाले मात्र कोभिसिल्डको दोश्रो डोज लगाएका छन् ।

पर्सामा कोभिसिल्डको पहिलो डोज लगाएका मध्ये ३७ हजारभन्दा बढी व्याक्ति , कोभिसिल्डको दोस्रो डोजको खोपको प्रतिक्षामा रहेको स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख नवल किशोर साहले बताउनुभयो ।

यस्तै पर्सामा दुईपटक गरि चिनीया कम्पनिले उत्पादन गरेको भेरोसेल खोपको १७ हजार २ सय १० डोज खोप आएकोमा त्यस मध्ये भेरोसेल खोपको पहिलो डोज ८ हजार ६ सय ३४ जनाले र दोश्रो डोज ७ हजार ३ सय २६ जनाले मात्र लगाएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।स्वास्थ्य कार्यालयमा हाल भेरोसेलको करिब १ हजार २ सय डोज खोप मौज्दात छ ।

यस्तै एक डोज मात्रै लगाए पुग्ने अमेरीकी कम्पनिको जोन्सन एण्ड जोन्सन खोप भने पर्सा जिल्लामा २२ हजार ४ सय २२ जनाले लगाएको जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ । स्वास्थ्य मन्त्रालयबाट पर्सामा उक्त कम्पनिको ३६ हजार ५ सय डोज खोप आएको छ । तर गत सोमबार देखि हिजो बुधबार सम्म ३ दिन सन्चालित खोप कार्यक्रममा भने २२ हजार ४ सय २२ जनाले मात्र खोप लगाएको स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख नवलकिशोर साहले बताउनुभयो ।

बाँकी रहेको १४ हजार ७८ डोज खोप भने प्रमुख जिल्ला अधिकारीसंग छलफल गरेर फेरि १÷२ दिनको म्याद थपेर लगाउन छुटेकाहरुलाइ लगाइने साहले जानकारी दिनुभयो । जोन्सन एण्ड जोन्सन कम्पनिको खोप ५० देखि ५४ वर्ष उमेर समुहका नागगरिकलाइ मात्र लगाउने सरकारको निर्देशन छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड