पर्सामा पनि ३४ सूत्रीय माग राखी नेपाल शिक्षक महासंघ आवद्ध शिक्षकहरु रिले अनशनमा




वीरगन्ज,१५ साउन । पर्सामा पनि आज नेपाल शिक्षक महासंघ आवद्ध शिक्षकहरु रिले अनशनमा बसेका छन् । विभिन्न ३४ बुँदे माग राख्दै आन्दोलन थालेको नेपाल शिक्षक महासंघको चौथो चरणको आन्दोलन अन्र्तगत आज शिक्षकहरु अनशनमा बसेका हुन् ।

सरकारले शिक्षक महासंघको मागलाई बेवास्ता गरेको भन्दै आज दशेभर शिक्षकहरु एक दिने रिले अनशनमा बसेका हुन् ।पर्सामा पनि आज वीरगन्ज स्थित शिक्षा समन्वय विकास इकाइ कार्यालयमा नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवको नेतृत्वमा शिक्षकहरु रिलेअनशनमा बसेका छन् ।

यस्तै जिल्लाको वीरगन्ज महानगरपालिका , पोखरीया , बहुदरमाइ र पर्सागढी नगरपालिका तथा ठोरी , पाकाहामैनपुर , जीराभवानी लगायतका १४ वटै पालिकाको कार्यालयमा पनि शिक्षक महासंघको आह्वानमा शिक्षकहरु आज रिलेअनशनमा बसेको महासंघ पर्साका अध्यक्ष यादवले जानकारी दिनुभयो ।

सरकारले शिक्षक महासंघसंग गरेको ३४ बुँदे सहमति कार्यान्वयन नगरेकाले सहमति कार्यान्वयनको माग राखेर आज एक दिन अनशनमा बसेको अध्यक्ष यादवले बताउनुभयो । नेपाल शिक्षक महासंघले प्रारम्भिक बालकक्षा शिक्षक तथा कर्मचारीको तलब वृद्धि गर्नु पर्ने , संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, कोभिडविरुद्धको खोपको व्यवस्था हुनुपर्ने, कोभिडका कारण मृत्यु भएका शिक्षकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने, आन्तरिक परीक्षाबाट बहिर्गमनमा परेका अस्थायी शिक्षकलाई तत्काल गोल्डेन हेन्डसेक दिनुपर्ने लगायतका माग गर्दै आन्दोलन गरिरहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन