पर्सामा फोरम नेपाल हिरो,राजपा नेपाल जिरो



असोज १२ बीरगंज
तेस्रो चरणअन्तर्गत प्रदेश २ मा भएको स्थानीय तह निर्वाचनको सबै मत परिणाम सार्वजनिक भईसकेको छ। प्रदेश नम्बर २ का आठ जिल्लाकामध्ये पर्सा जिल्लमा रहेका एक महानगर तीन नगरपालिका, र १० गाउपालिका गरि जम्मा १४ वटा स्थानीय तहको अन्तिम नतिजा पनि सार्बजनिक भएको छ ।पर्सा जिल्लामा संघीय समाजबादी फोम नेपाल १४ मध्ये ४ वटा स्थानीय तह जितेर पहिलो पार्टी बनेको छ ।यसैगरि माओबादी केन्द्र र नेपाली कांग्रेस समान ३ ३ स्थानीय जितेर संयुक्त रुपमा दोस्रो स्थानमा रहेका छन ।एमाले र नेपाल जनता दलले पर्सा जिल्लामा समान २ स्थान जितेका छन ।६ वटा पार्टी मिलेर बनेको मधेशबादी दल राष्टिय जनता पार्टीले जिल्लामा एक सिट पनि जित्न नसकी शुन्य परिणाम पाएको छ ।जिल्लमा फोरम नेपालले वीरगञ्ज महानगरपालिका,बिन्दबासिनी गाउँपालिका,सखुवा प्रसौनी, गाउँपालिका,र पकाहा मैनपुर गाउँपालिकामा जित हासिल गरेको छ।माओबादी केन्द्रले ठोरी गाउँपालिका,छिपहरमाई गाउँपालिका, र जगरनाथपुर गाउँपालिकामा आफनो झण्डा गाडेको छ भने नेपाली कांग्रेसले पर्सागढी नगरपालिका,बहुदरामाई नगरपालिका र धोवीनी गाउँपालिकामा जित निकाल्न सफल भएको छ ।यसैगरि एमालेले जिराभवानी गाउँपालिका रपटेर्वा सुगौली गाउँपालिकामा बिजयी बनेको छ ।यसैगरि तुल्नात्मक रुपमा जिल्लामा अत्यन्तै कमजोर मानिएको नेपाली जनता दलले पनि २ स्थान पोखरीया नगरपालिका र कालिकामाई गाउँपालिका आफनो पोल्टामा पारेको छ ।समग्रमा प्रदेश नम्बर २ मा रहेको १३६ स्थानीय तहमध्ये सबै भन्दा बढी ४० स्थानीय तह जित्दै नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । संघीय समाजवादी फोरम २६ तह जित्दै दोस्रो र २५ स्थानीय तह जितेको राजपा तेस्रो भएका छन् ।माओबादी केन्द्रले २१ स्थानीय तह, एमालले १८ स्थानीय तह नेपाल लोकतान्त्रिक फोमले ३,नेपाली जनता दलले २ स्थानीय तह र नयाँ शक्ति नेपाल पार्टीले १ स्थानीय तह जितेका छन ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

विश्व भोकमरी सूचांकमा नेपाल ७६ औं स्थानमा पुगेको छ
टीकाको उत्तम साइत बिहान १० : ०२ बजे शुरु गरियो
सामुदायिक रेडियो माडीको चौथो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन
बडा दसैँको मुख्य दिन आज देखि सुरु, वीरगन्जको प्रसीद्ध शक्तिपिठ गहवामाइ मन्दिरमा पनि हर्षोल्लाशका साथ फुलापाती भित्रयाइयो