पर्सामा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु



चैत्र २४ पर्सा पर्साको बहुदरमाई गाउपालिका वडा नं ८ मा बिहीबार भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । अन्य तीन जना घाईते भएका छन् । बिहीबार बिहान ६ बजे टाटासुमो पल्टिएर भएको दुर्घटनामा पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं ७ निचुटा बस्ने ५५ बर्षिय थारु मुखिया विनको मृत्यु भएको हो । दुर्घटनामा परी थारुकै १५ बर्षिया छोरी काजोल विन, १० बर्षिय छोरा सञ्जु मुखिया र निचुटाकै ३० बर्षिया सुगन्धी देवि घाईते घाईते भएका छन् । उनीहरुको वीरगञ्जको नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार भईरहेको पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । तीनै जनाको अवस्था मध्यम खालको रहेको नारायणी अस्पतालका चिकित्सकले जनाएका छन् । निचुटाबाट वीरगञ्ज आउँदै गरेको बिआर १ पि ८५५४ नम्बरको भारतीय टाटासुमो महुवन र रामनगरीकोबीचमा पल्टिएर दुर्घटना भएको स्थानीय सन्दिप जयसवालले जानकारी दिनुभयो । तिव्र गतिमा रहेका कारण मोडमा टाटासुमो नहरमा पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनापछि चालक फरार रहेकोले खोजी भईरहेको पर्सा प्रहरीले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड