पर्सामा मतगणना सुरु



मंसिर २२ बीरगञ्ज  प्रतिनिधि सभा र प्रदेश सभाको लागि बिहीवार दोस्रो चरणको निर्वाचनको मतपत्रको गणना पर्सा जिल्लामा शुक्रवार दिउँसो साँढे २ बजेदेखि सुरु भएको छ । जिल्लाका सबै चारै वटा निर्वाचल क्षेत्रको मतपेटिका बेग्लाबेग्लै मतगणना कक्षमा राखेर खोलिएको छ । प्रतिनिधि सभासंगै चार वटै क्षेत्रहरुको पहिलो प्रदेशसभा क्षेत्रको पनि मतपेटिका खोलेर गणना सुरु भएको छ ।

बिहान बसेको सर्वदलीय बैठकले दिउँसो २ बजेदेखि मतगणना गर्ने भने पनि आधा घण्टा ढिलो मतगणना सुरु भएको हो। प्रत्येक वडाको गिन्ती सकिए लगतै गणना परिणाम सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान