पर्सामा मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुको भिड



साउन १३ बीरगंज
फोटो सहितको मतदाता नामावली संकलन गर्न थालिएपछि पर्सामा नाम दर्ता गराउनेहरुको भिड बढेको छ । जिल्ला निर्वाचन कार्यालय पर्सा र जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुको संख्या बढेको हो । दैनिक ३ जना भन्दा बढी मतदाता नामावलीमा नाम दर्ता गराउन आउने गरेको जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिनुभयो । जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार बिहीबार ४ सय ३३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । गाउँ गाउँबाट मानिसहरु फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन आईरहेको उहाँले बताउनुभयो । साउन १६ गतेदेखि ३२ गतेसम्म भने पर्साका प्रत्येक स्थानीय तहमा पनि मतदाता नामावली संकलनको काम हुने जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ । साउन १६ गतेदेखि जिल्ला प्रशासन कार्यालय पर्सामा भने नामवली संकलन कार्य बन्द हुने जिल्ला निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिनुभयो । साउन १६ गतेदेखि ३२ गतेसम्म गाउँपालिका र नगरपालिकाको केन्द्रमै पुगेर मतदाता नामावली संकलन गछौं ,’ पराजुलीले भन्नुभयो ‘ सदरमुकाम रहेको स्थानीय तहको हकमा भने राधेमाइमा रहेको जिल्ला निर्वाचन कार्यालयमै फोटो सहितको मतदाता नामावली दर्ता गराईने छ । ’ बाहिरी जिल्लाको दर्ता भने जिल्ला निर्वाचन कार्यालय पर्सामा मात्रै हुने जिल्ला निर्वाचन अधिकारी पराजुलीले बताउनुभयो । फोटसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन सक्कल नागरिकता र नागरिकताको फोटोकपी अनिर्वाय लिएर जानुपर्ने हुन्छ । नागरिकता रहेको ठेगाना भन्दा बाहिरका जिल्लाको मानिसहरुको हकमा भने विवाह दर्ता र बसाई सराईको काजगात पनि आवश्यक पर्ने जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान