पर्सामा लगाइएको धानीबालीमा दाना नै नलाग्ने समस्या देखिएपछि किसानहरु चिन्तित



क्रान्ति साह
वीरगन्ज,२४ भाद्र । पर्सामा लगाइएको धानीबालीमा दाना नै नलाग्ने लगायतका समस्या देखिएपछि किसानहरु चिन्तित् बनेका छन् । धानबालीमा दाना नलाग्दै बोट नै सुक्न थालेको किसानहरुले बताएका छन् । किसानहरुका अनुसार , भदैया मन्सुली , हर्दिनाथ , सारो जातको धानबालीमा बाला निस्केर दाना नलाग्दै बोट सुक्न थालेको हो ।

पर्सागढी नगरपालिका तथा सखुवाप्रसौनी , जीराभवानी , पटेर्वासुगौली , ठोरी र जगरनाथपुर गाँउपालिकामा गरिएको धानखेतीमा बढि जसो यो समस्या देखा परेको किसानहरुले बताएका छन् । भदैया मन्सुली, सारो लगायतका जातको धानबालीमा धानको बाला निस्कने बेलामै अमेरीकी फौजी किराको प्रकोप , पातबेरुवा र गाभा सुक्ने रोग लागेको ठोरी ५ का किसान माइला दोङले बताउनुभयो । यस्तै केहि ठााउका धानबालीमा सिट ब्लाइट रोगको पनि प्रकोप देखिएको छ ।

यसवर्ष समयमै पानी परे पनि पटक पटक रोग र किराले धानबालीमा समस्या पारेपछि उत्पादन घट्ने चिन्ताले किसानहरुलाइ सताएको पर्साको जीराभवानी गाँउपालिका २ का किसान जयभद्र चौधरीले बताउनुभयो । कृषि प्राविधीकको सल्लाहमा रोग र किरा मार्ने विषादी छर्किएको भएपनि त्यसले काम नगरेको गुनासो उहाले गर्नुभयो ।

कृषि ज्ञान केन्द्र पर्साका बाली संरक्षण अधिकृत सम्शुल मिया दर्जीले पनि जिल्लाका विभिन्न स्थानमा लगाइएको धानबालीमा रोग र किराको प्रकोप देखा परेको बताउनुभयो । उहाले भदैया मन्सुली , हर्दिनाथ , सारो जातको धानबालीमा अहिले अमेरीकी फौजी र सरलहवा अर्थात ब्लाष्ट किरा र गाभा सुक्ने रोग बढि देखिएको बताउनुभयो ।

किराले बोटको गाभाको सतहमा गएर फुल पार्ने र त्यहि फुल लाभामा परिवर्तीत भइ गाभालाइ खाने हुदा गाभा सुक्ने गरेको उहाले बताउनुभयो । किसानले बढि धान उत्पादनका लागि युरिया मल , जथाभावी रुपमा प्रयोग गर्ने गरेका कारण धानबालीमा यस्ता समस्या देखा पर्ने गरेको मियाले बताउनुभयो ।

अहिले धानबालीमा देखा परेको रोग किरा नियन्त्रणका लागि हेम्साकोनाजोल , भेलिडामाइसीन वा कासुगामाइसीन विषादी २ एमएल प्रतिलिटर पानीमा घोलेर छर्कन किसानहरुलाइ उहाले सुझाव दिनुभयो । यस्तै प्रोपोकानाजेल विषादी ८ एमएल प्रति लिटर पानीमा घोलेर धानबालीमा छर्कन पनि सकिने उहाले बताउनुभयो । यसका साथै धानबालीमा किसानले प्रति कठ्ठामा युरिया मल , डेढ किलोका दरले मात्रै हाल्नु पर्ने सुझाव पनि उहाले दिनुभयो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड