पर्सामा लागुऔषध कारोबार र दुब्र्यसनमा युवाहरुको ठूलो जमान फसेको एक तथ्यांकले नै पुष्टि




वीरगन्ज, ८ साउन । पर्सामा लागुऔषध कारोबार र दुब्र्यसनमा युवाहरुको ठूलो जमान फसेको एक तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांकले गत आर्थिक वर्षमा लागुऔषध कारोबार र दुब्र्यसनको आरोपमा पक्राउ परेकाहरुमध्ये अधिकांश युवाहरु रहेको देखिएको छ ।
पक्राउ परेकाहरुमध्ये अधिकांश १८ देखि २४ वर्षसम्मका रहेको जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांकले देखाएको छ ।यस्तै, पर्सा जिल्ला लागुऔषध कारोबारीकोे ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । पर्सालाई लागुऔषध कारोबारको केन्द्र बनाएर ओसारपसार गरिरहेको तथ्यांकले नै पुष्टि गरेको छ ।
साथै, प्रहरीले आफ्नो नियमित कारवाहीको क्रममा पक्राउ गरेका कारोबारी र बरामद गरेको लागुऔषधको समाचारले पनि पर्सा लागुऔषध कारोबारको ट्रान्जिट प्वाइन्ट बनेको पुष्टि गर्छ । केही दिन यता, पर्सा प्रहरीले कारवाही क्रममा दैनिक रुपमा लागुऔषध कारोबारीलाई पक्राउ गरी लागुऔषध बरामद गरिरहेको छ । पछिल्लो पटक त, पर्सा प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा जनप्रतिनिधिलाई नै पक्राउ गरेको छ ।प्रहरीले गत आइतबार राति मात्रै बीरगन्ज–१९ बर्वाबाट लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको । पक्राउ पर्नेमध्ये दुई जना जनप्रतिनिधि नै थिए ।
पर्साका विभिन्न स्थानबाट दैनिक जसो लागूऔषधसहित सेवनकर्ता र कारोबारी पक्राउ पर्दै आएका छन् । सीमानाका सामान्य रूपमा खुला भएको अवस्थामा बीरगन्जबाट दैनिक पैदल रक्सौल पुगेर लागूऔषध सेवन गरेर फर्किने लागुऔषध दुव्र्यवसनीकर्ता पनि बढी छन् ।
यसरी भारतमै लागूऔषध सेवन गरेर फर्कनेहरूले पनि थोरबहुत लागूऔषध बोकेर ल्याउने र आफूले सेवन गर्ने मात्र नभई बिक्रीसमेत गर्ने गरेको प्रहरीले जनाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा पर्सामा बरामद भएको सबैखाले लागूऔषधको परिमाण करिब दोब्बर छ ।गत आर्थिक वर्षमा प्रहरीले पर्साका विभिन्न स्थानबाट गरी १ सय ७४ जना लागूऔषध तस्करलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने अधिकांशमा १८ देखि २४ वर्ष उमेर समूहका युवा छन् । तीमध्ये पनि अधिकांश पर्साभन्दा बाहिरी जिल्लाका छन् । गत आवमा प्रहरीले ७ सय ८६ किलो गाँजा, १ सय ५३ किलो चरेस, ६९ ग्राम हेरोइन, ८ किलो अफिम, ६ हजार ४ सय ४० थान फेनारगन, ७ हजार २ सय ५३ थान डाइजिल्याब, ७ हजार २ सय ३२ थान नुर्फिन, ८ हजार ८ सय ४१ थान निट्राभेट ट्याब्लेट र २ हजार ४९ बोतल कोरेक्स बरामद गरेको थियो ।अघिल्लो आवमा तस्करबाट ६ सय २४ किलो गाँजा, २८ किलो चरेस, ४१ ग्राम हेरोइन, १ किलो अफिम, ३ हजार ५३ थान फेनारगन, ३ हजार ३ सय ६४ थान डाइजिल्याब, ३ हजार १ सय ११ थान नुर्फिन, ६ हजार १२ थान निट्राभेट ट्याब्लेट र ८ सय ३४ थान कोरेक्स बोतल बरामद भएको थियो ।
नेपालमा नियन्त्रित लागूऔषध भनिने औषधिहरू सीमावर्ती भारतीय सहर रक्सौलका औषधि पसलहरूमा खुलेआम बिक्री हुन्छन् । नेपाल र भारतीय प्रहरीले बेलाबेलामा गर्ने दुईपक्षीय बैठकमा लागूऔषध नियन्त्रणका बारेमा चर्चा पनि हुँदैन । बीरगन्ज कारागारका झन्डै आधा कैदीबन्दी लागूऔषध मुद्दामा सजाय पाएका वा पुर्पक्षमा रहेकाहरू मात्र छन् ।
लागूऔषध ढुवानी गर्नेमा पुरुष मात्र नभई महिला पनि छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले प्रहरीले आफ्नो क्षमता र जनशक्तिको अत्यधिक उपयोग गरेर लागूऔषध ढुवानीकर्ता तथा प्रयोगकर्ता पक्राउ गर्न कुनै कसर बाँकी नराखेको दाबी गर्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भङ्गगहाका भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालीहरुलाइ विभिन्न बहानामा दुख दिने गरेको स्थानीयहरुकोगुनासो
महानगरपालिकाको स्वास्थ्य सेवा प्रवाहमा कुनै कमी हुन नहुने , नगरप्रमुख सरावगीको दाबी
बाराका एक २० बर्षीय कोरोना संक्रमित युवकको मृत्यु
राष्ट्रियसभा दुई विधेयक पारित