पर्सामा ३ दिनमा कोरोना विरुद्धको ४४ हजार डोज खोप लगाउने तयारी




वीरगन्ज,२० साउन । पर्सा जिल्लामा आज देखि फेरि कोरोना विरुद्धको खोप लगाउन थालिएको छ ।

आज १४ वटै पालिकामा जोनसन एण्ड जोनसनको खोप लगाउने कार्यक्रम चलिरहेको स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख नवलकिशोर साहले जानकारी दिनुभयो । उहाँका अनुसार पर्सामा साउन २५ गतेसम्ममा ४२ हजार डोज खोप लगाउने तयारी छ ।

पछिल्लोपटक स्वास्थ्य मन्त्रालयले पठाएको जोन्सन् एण्ड जोन्सन् खोपको ३६ हजार ५ सय डोज मध्ये १२ हजार डोज खोप बचेकाले आज वीरगंज महानगरका ३२ वटै वडामा र १३ वटा अन्य पालिकामा पनि यो खोप लगाउन थालिएको साहले बताउनुभयो ।

यसअघि ५० देखि ५४ वर्षका नागरिकलाइ मात्रै जोन्सन् एण्ड जोन्सन् खोप लगाइएकोमा आज भने ४५ वर्ष माथिका सबैलाइ लगाउन थालिएको हो । यस्तै भोली देखि भेरोसेल खोप १४ वटा पालिकाको वडाका स्वास्थ्य केन्द्रबाट लगाइने तयारी छ ।

भेरोसिल ५५ वर्षमाथिका सबैले लिन पाउनेछन् । स्वास्थ्य कार्यालय प्रमुख साहका अनुसार भेरोसेलको पर्सामा पहिलो चरणको दोश्रो डोज लिन ६०० जना मात्रै बाँकी छन् । ८ हजार १२ जनाले भेरोसेलको दुवै डोज लगाइसकेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन