पर्सा प्रतिनिधी सभा क्षेत्र नं १ मा फोरमका प्रदिप यादव बिजयी



बीरगञ्ज मंसिर २४
पर्सामा जारी प्रतिनिधी र प्रदेशसभा निर्वाचनको मतगणनाको पछिल्लो परिणम अनुसार प्रतिनिधी सभा क्षेत्र नम्बर १ मा फोरम राजपा गठबन्धनका प्रदिप यादव बिजयी भएका छन ।यादव २११३२ मत प्राप्त गरि बिजयी हुनु भएको हो । उनले आफना निकटतम प्रस्पिर्धी कांग्रेसका अनिल रुंगटालाई ४६५१ मत अन्तरले पराजित गर्नुभएको हो । रुंगटाले १६४८१ मत प्राप्त गरेका थिए ।यादव मतगणना शुरु भएदेखि नै अग्र स्थानमा रहनु भएको थियो भने रुंगटाले पछयाउदै आउनु भएको थियो ।यसैगरि तेस्रो स्थानमा रहेका बाम गठबन्धनका उम्मेदवार एमालेका बिचारी यादवले जम्मा ५४८१ मत मात्र ल्याउनु भएको थियोे।नव निर्बाचित प्रतिनिधी सभा सदस्य यादव सामुदायिक रेडियो नारायणी एफ एम बीरगञ्जको सञ्चालक समितिका अध्यक्ष पनि हुनुहुन्छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान