पर्सा प्रहरीले दुई जनालाई गैैरन्यायिक हिरासतमा राखेको आफन्तहरुको आरोप



साउन १३ बीरगंज
पर्सा प्रहरीले दुई जना युवालाई विगत नौ दिन देखि गैैरन्यायिक हिरासतमा राखेको तथ्य प्रकाशमा आएको छ ।वीरगंज महानगरपालिका वडा नम्वर १९ विन्दवासिनिको वरवा निवासि ३१ बर्षिय काजी चौरसिया र अर्का एक जनालाई प्रहरीले गैरन्यायीक हिरासतमा लिएर राखेको उनिहरुका आफन्तले आरोप लगाएका छन् । स्थानिय २८ बर्षिय भरोसि साह कानुको हत्या आरोपमा प्रहरीले दुवै जना युवकलाइ गत साउन ४ गते पक्राउ गरेको भनिए पनि आज सम्म कुनै मुद्धा र म्याद समेत नथपि दुवै जना युवालाई हिरासतमा राखेको आफन्तहरुको भनाइ छ ।संविधानको धारा २० को उपधारा ३ बमोजिम पक्राउ गरिएको व्यक्तिलाई पक्राउ भएको समय तथा स्थानबाट बाटोको म्याद बाहेक २४ घण्टा भित्र मुद्धा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनु पर्छ । त्यस्तो अधिकारीबाट आदेश भए बाहेक पक्राउ भएको व्यक्तिलाई थुनामा राखिने छैन भन्ने उल्लेख छ ।तर गत ४ गते राति घरैबाट उठाएर ल्याएका चौरसिया सहित दुवै जनालाइ जिल्ला प्रहरी कार्यालय पर्साको ५ नम्वर थुनुवा कक्षमा दुवै जनालाइ राखेर प्रहरीले यातना दिइरहेको आफन्तहरुले बताएका छन् ।तिलावे पुल नजिकको खेतमा साउन ४ गते साँझ भरोसि साहको शव फेला परेको थियो । चिकित्सकको पोष्टमार्टम रिपोर्ट अनुसार अत्याधिक मदिरा सेवन गरेर भरोसिको मृत्य भएको देखिए पनि प्रहरीले दुवैजनालाई पक्राउ गरेर ९ दिन देखि राख्नुले प्रहरीको मनशाय गलत देखिएको ती दुवै युवकका आफन्तहरुले बताएका छन् ।मृतक भरोसिको परिवारका सदस्यले धेरै मदिरा सेवन गरेकै कारण भरोसीको मृत्यु भएको र घटनामा चौरसियाको कुनै संलग्नता नरहेको भनिरहँदा समेत प्रहरीले समातेर राख्नुले प्रहरीको नियत माथी नै शंका उब्जिएको प्रहरी हिरासतमा रहेका युवकका आफन्तहरुले बताएका छन् । पर्साका प्रहरी उपरिक्षक सुदिप गिरीले भने पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध ऐन अन्तर्गत कारवाहि अगाडी बढाएर हत्याको अनुसन्धान भइरहेको बताउनुभयो । त्यसका लागि पोलिग्राफ समेत गरिने भएकाले आइतबार सम्ममा घटनाको यथार्थ बाहिर आउने प्रहरी उपरिक्षक गिरीको भनाइ छ । नेपाल प्रहरीका प्रवक्त प्रहरी बरिष्ठ उपरिक्षक पुष्कर कार्कीले भने कुनै पनि नागरीकलाई प्रहरीले विनाकारण पक्राउ गरेर राख्न नपाउने भन्दै गैरन्यायीक हिरासतमा एक साता भन्दा बढी समय देखि राख्नु गलत रहेकोले आफुले त्यसबारेमा जानकारी लिने बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन