पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै



क्रान्ति साह
वीरगन्ज, १ असोज । संरचना निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पूजाआजा गरी आज विश्वकर्मा पुजा मनाइँदैछ । विशेष गरि वास्तुशास्त्री, इञ्जिनियर, कालीगढहरू लगायतले विश्वकर्मा पूजा मनाउँछन् । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ ।

एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पुर्व अध्यक्ष एवं धर्मशास्त्रविद् प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनुहुन्छ । प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ ।

विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ । यही सम्झनामा नेपालका कालीगढहरूले भव्यरूपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्दछन् ।

आजको दिनलाई वास्तुविद्हरूले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् । तन्त्रशास्त्र, धर्मशास्त्र आदि ग्रन्थमा वास्तुका बारेमा उल्लेख गरिएको छ । मण्डप वास्तुमा ६१ र गृहवास्तुमा ८१ देवताको पूजा गर्ने विधि छ । यसको सुरुवात् विश्वकर्माले नै गर्नुभएको शास्त्रीय मान्यता छ ।
यसैबीच वीरगन्ज पथलैया औद्योगिक करिडोरका उद्योग कलकारखाना तथा पर्सा बारामा रहेका गाडी मर्मतका ग्यारेजहमा आज भव्य रुपमा विश्वकर्मा पूजा मनाईदै छ । उद्योग कलकारखाना र ग्यारेजमा कार्यरत मजदुर कर्मचारी र मिस्त्रीहरुले आजका दिन विश्वकर्मा बाबाको पूजा गरि प्रसाद ग्रहण गर्ने गर्छन् ।

आजको दिन विशेष दिनको रुपमा लिएर मजदुर, मिस्त्री र कर्मचारीहरुले बिहानै देखि उद्योग कलकारखाना र ग्यारेजमा सरसफाई गरेर विश्वकर्माको मूर्ति राखेर पूजा गर्ने र्गछन् । वीरगन्जमा सवारी सधान मर्मत गर्ने ग्यारेजहरुमा साजसज्जा गरेर झिलिमिली बनाई विश्वकर्मा पूजा भव्य रुपमा भइरहेको छ । आजको दिन उद्योग कलकारखाना र ग्यारेजमा काम गर्ने मजदुर तथा कामदारहरुलाई कामको छुट दिईने गरिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

विश्व भोकमरी सूचांकमा नेपाल ७६ औं स्थानमा पुगेको छ
टीकाको उत्तम साइत बिहान १० : ०२ बजे शुरु गरियो
सामुदायिक रेडियो माडीको चौथो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन
बडा दसैँको मुख्य दिन आज देखि सुरु, वीरगन्जको प्रसीद्ध शक्तिपिठ गहवामाइ मन्दिरमा पनि हर्षोल्लाशका साथ फुलापाती भित्रयाइयो