पर्सा ,बारामा आतंक मच्चाएका भारतीय अपराधी बब्लु दुबेको बेतिया अदालतमा गोली हानी हत्या



 

बैशाख २८ पर्सा ,बाराका साथै सीमावर्ती भारतीय शहरहरुमा हत्या , अपहरण ,फिरौती, लुटपाट जस्ता आपराधिक गतिविधी गर्दै आतंक मच्चाएका भारतीय नागरिक बब्लु दुबे भन्ने मिथिलेश मिश्रा मारिएका छन् । भारत मझौलियाको अहवर शेखका मुखिया जवाहर साहको हत्या आरोपमा पक्राउ परेका भारत बिहारको पूर्वी चंपारण जिल्ला कल्याणपुर थाना अन्तर्गत सिसवा खरार गांउ निवासी ३८ वर्षिय दुबेलाइ भारतीय प्रहरीले आज बेतिया अदालतमा हाजीर गराउन लगेका बेला अदालत परिसरमै अपरिचित दुइ व्याक्तिले गोली प्रहार गरि दुबेको हत्या गरेका हुन् ।अदालतमा पेशी पछि भ¥याङबाट तल झदै गरेको अवस्थामा दुबे माथि दुइ अपरिचित व्याक्तिले अन्धाधुन्द गोली प्रहार गरेका थिए । पाच वटा गोली लागेर गम्भिर घाइते भएका दुबेलाइ उपचारका लागि अस्पताल पुरयाउने बित्तिक्कै चिकित्सकहरुले उनलाइ मृत घोषित गरेको बेतियाका एसपी विनय कुमारले बताउनु भयो । गोली प्रहार गर्ने व्याक्तिहरुको परिचय खुल्न सकेको छैन । बेतियाका सीमा नाका सील गरेर दुबेलाइ गोली प्रहार गर्ने व्याक्तिहरुको खोजी भइरहेको भारतीय प्रहरीले जनाएको छ । भारतमा अपराध गरेर नेपालमा बस्दै आएका बेला दुबेलाइ चार वर्ष पहिले नेपाल प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको थियो । अन्चल प्रहरी कार्यालय वीरगन्जका तत्कालीन प्रहरी वरिष्ठ उपरिक्षक सर्वेन्द्र खनालले २०७० साल जेठ १४ गते काठमाण्डौको सीतापाइलमा लुकेर बसेका दुवेलाइ पक्राउ गरि वीरगन्जमा ल्याएर जिल्ला प्रहरी कार्यालय बाराको जिम्मा लगाएका थिए । जिल्ला प्रहरी कार्यालय बाराले केहि सार्वजनिक अपराध मुद्धा दर्ता गरेपछि जिल्ला प्रशासन कार्यालय बाराले दुवेलाइ १० हजार धरौटी तिराएर रिहा रिहा गरे लगत्तै बाराको कलैयाबाट भारतीय प्रहरीले दुवेलाइ नियन्त्रणमा लिएर भारतमा पुरयाइ मोतीहारी जेलमा राखेको थियो । आज भारतीय प्रहरीले मोतीहारी जेलबाट बेतिया अदालतमा पेशीका लागि लगेका बेला दुवेलाइ अपरचित व्याक्तिले गोली हानेर हत्या गरेका हुन् । भारतमा विभिन्न हत्या र बैंक लुटपाटको घटनामा दोषी ठहर गरि अदालतले १० वर्ष कैद सजायको फैसला गरेपछि दुबे भारतबाट भागेर नेपालमा आइ लुकेर बसेका बेला २०७० सालमा नेपाल प्रहरीले पक्राउ गरेको थियो । त्यसअघि भारतको जेलमा रहेका बेला दुबेले बिहार पिपुल्स लिब्रेसन आर्मीको नाममा आपराधिक समूह खडा गरी ३० जना व्यक्तिको हत्या गराएको र करोडौं भारतीय रुपैयाँ रंगदारी असुल गरेको भारतीय प्रहरीले दाबी गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भङ्गगहाका भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालीहरुलाइ विभिन्न बहानामा दुख दिने गरेको स्थानीयहरुकोगुनासो
महानगरपालिकाको स्वास्थ्य सेवा प्रवाहमा कुनै कमी हुन नहुने , नगरप्रमुख सरावगीको दाबी
बाराका एक २० बर्षीय कोरोना संक्रमित युवकको मृत्यु
राष्ट्रियसभा दुई विधेयक पारित