पर्सा, बारा लगायत तराईका जिल्लाहरुमा चिसाको कारण जनजिवन प्रभावित



पुस २ बीरगञ्ज पर्सा, बारा लगायत मध्य तराईका जिल्लाहरुमा आज पनि बिहानै देखि घाम नलागेका कारण चिसो बढेर जनजिवन प्रभावित भएको छ । केही उच्च हिमाली क्षेत्रमा हिमपात भएसँगै मध्यतराइमा विगत तीन दिनदेखी चिसो अत्याधीक बढेका कारण जनविजन प्रभावित भएको हो । आज पनि बिहानै देखि चिसो बढ्नुका साथै वीरगञ्ज र आसपासको क्षेत्रमा बाक्लो हुस्सु पनि लागेको छ । जल तथा मौसम विज्ञान विभागको सिमरा स्थित फिल्ड कार्यालयका अनुसार आज विहान वीरगन्ज र यस आसपासको क्षेत्रको न्युनतम तापक्रम १३ डिग्री सेल्सियस रहेको छ । चिसो अचानक बढेपछि खासगरी बालबालिका र वृद्धवृद्धालाई बढी असर गरेको छ । तीन दिन देखि बढेको चिसोका कारण बिधालय जाने कलिला बालबालिकाहरुलाई धेरै समस्या भएको हाम्रा सहकर्मी लालबाबु बानिँयाले जनाएका छन् । चिसोबाट बच्न मोटो उनीको कपडा लगाउन र झोलयुतm तातो तरल पदार्थ र खानेकुरा खान चिकित्सकहरुको सुझाव छ । बाक्लो कुहिरोका कारण बाराको सिमरा विमानस्थलको उडान आज तेश्रो दिन पनि प्रभावित बनेको सिमरा स्थित नागरिक उडड्यन कार्यालयले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड