पर्सा राष्ट्रिय निकुञ्जमा एक दशकको अवधिमा बाघको संख्यामा उलेख्य बृद्धि




वीरगन्ज,१७ साउन । पर्सा राष्ट्रिय निकुञ्जमा एक दशकमा बाघको संख्या १५ वटा बढेको छ । सन् २००९÷२०१० मा गरिएको गणनामा निकुञ्जमा ४ वटा वयस्क बाघ थिए । उक्त संख्या अहिले १९ पुगेको छ ।

निकुञ्जमा बाघको संख्या बढ्नुमा यसको आहारा प्रजातिका जनावरको सख्यां बढ्दै जानु र बाघ संरक्षणमा गरिएको प्रयासको सकारात्मक परिणाम रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साहले बताउँनुभयो । निकुञ्जमा हाल १९ वटा घाँसे मैदानका साथै पानीको स्रोतमा खोलानाला र ठाउँठाउँमा कृत्रिम पोखरी छन् ।

निकुञ्जका विभिन्न क्षेत्रमा माउ र बच्चा बाघ सँगै देखिएकाले गणनाको भन्दा पनि बढी हुन सक्ने साहले बताउनुभयो । करिब २ वर्षअघि निकुञ्जको क्षेत्र पूर्वी भेगमा विस्तार भएपछि हल्खोरिया दह क्षेत्रमा पनि गत वर्ष २ वटा डमरु र माउ बघिनी देखिएका थिए । यसले बाघले निकुञ्जमा नयाँ बासस्थान बनाएको संकेत गर्छ ।

त्यस क्षेत्रमा पहिले बाघको बसोबास थिएन । यसबाहेक करिब एक दशकअघि रामभौरी, भाठा, रमौली, प्रतापपुर निकुञ्जभित्र रहेका मानवबस्तीलाई स्थानान्तरण गरिएपछि पनि बाघलगायतका अन्य वन्यजन्तुको संख्या पनि वृद्धि भएको साहले बताए । निकुञ्जमा बाघको संख्या वृद्धिसँगै चुनौती पनि बढेको छ ।

बाघ बढेसँगै तिनको सुरक्षा, निकुञ्जमा मानव प्रवेश नियन्त्रण, बाघको आहारा प्रजातिका वन्यजन्तुको संख्या थप वृद्धि, निकुञ्जमा लाग्ने मेला प्रमुख चुनौती रहेको उहाँले बताउनुभयो । पर्सा, बारा र मकवानपुर गरी ६ सय २७ वर्ग किमि क्षेत्रफलमा निकुञ्ज फैलिएको छ । यो निकुञ्ज जंगली हात्तीको बासस्थानको रूपमा प्रसिद्ध छ ।

२ वर्षमा लामो लकडाउन र निषेधाज्ञाका कारण निकुञ्जमा मानवीय हस्तक्षेप न्यून भएपछि निकुञ्जमा बाघको गतिविधि बढेको थियो । पहिलो लकडाउनमा आधाभारस्थित निकुञ्जको मुख्य कार्यालय तथा त्यसवरपरको क्षेत्रसम्मै बाघ देखिएको थियो ।

निकुञ्जमा बाघको संख्या वृद्धिसँगै बाघ आहाराको खोजीमा निकुञ्ज आसपासको राष्ट्रिय वनमा समेत प्रवेश गर्ने गरेको छ । गतवर्ष पूर्व–पश्चिम राजमार्गको पथलैया–निजगढ सडक खण्डमा कारको ठक्करबाट एउटा बाघ मरेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन