पर्सा र बारामा भएको छुट्टाछुट्टै घटना दुर्घटनामा चार जनाको मृत्यु 



बैशाख १४ पर्सा र बारामा भएको छुट्टाछुट्टै घटना दुर्घटनामा चार जनाको मृत्यु भएको छ । वीरगन्ज उपमहानगरपालिका वडा नम्बर २० हरपतगञ्जमा दुई वटा सवारी साधन आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा वीरगन्ज उपमहानगरपालिका वडा नम्बर २२ मनियारी बस्ने २५ वर्षिय रमेश यादव र त्यही टोलका २३ वर्षिय श्रवण यादव रहेका छन् । ड्राईपोर्टबाट परवानीपुर जाँदै गरेको ना ३ ख २७२० नम्बरको लहरी गाडीले विपरित दिशाबाट आउँदै गरेको ना ३१ प ७९६५ नम्बरको मोटरसाईकललाई गएराति सवा १० बजे ठक्कर दिदाँ मोटरसाईकलमा सवार रमेश र श्रवणको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । दुर्घटनामा परी घाईते भएका दुवैजनालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै उनिहरुको मृत्यु भएको उहाँले बताउनुभयो । लहरी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरि पर्साको जगरनाथपुर गाउँपालिकाको जानकीटोलामा पानीमा डुबेर दुई बर्षिय नाबालकको मृत्यु भएको छ । स्थानीय हरेन्द्र नुनिया महतोका दुइ बर्षिय छोरा अभय महतोको मृत्यु भएको हो । बिहीबार बिहान ७ बजे घर नजिकैको धारामा खेल्दै गरेका अभय , धाराको पानी जमेको ठाउँमा डुबेर मरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यसैबिच पथलैया हेटौँडा सडक खण्ड अन्तर्गत बाराको अमलेखगन्ज्मा पेट्रोल बोकेको ट्याङकर र ट्रक एक आपसमा ठोक्किदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा आठ जना घाईते भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक गोविन्द कार्कीले बताउनुभयो । बाराको जितपुर सिमरा उप महानगरपालीका वडा नम्बर २१ अमलेखगंज स्थित सशस्त्र प्रहरी वेश क्याम्पको गेट अगाडी हेटौँडाबाट पथलैया आउदैँ गरेको लु १ ख ९५८६ नम्बरको ट्रक र वीरगन्जबाट अमलेखगन्ज जादै गरेको ना ५ ख ११०७ नम्बरको ट्याङकर एक आपसमा ठोक्किदा ट्याङकर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याङकर चालक सिमरा उप–महानगरपालीका २१ बस्ने २७ बर्षिय हरि बिकको मृत्यु भएको छ । दुर्घटनामा मृतक हरिकी श्रीमती सविना बिक, दुइ वर्षिया छोरी प्रिया बिक, पाँच वर्षिया छोरी अन्जु बिक , ट्रक चालक कपिलबस्तु धानखोला ६ बस्ने ३२ वर्षिय कमल गुरुङ्ग , ट्याङकरका सहचालक सिमरा उप–महानगरपालीका २२ बस्ने १८ वर्षिया निलम तामाङ्ग, ट्रकका सह चालक अर्घखाची जिल्ला सिदारा ६ बस्ने २२ वर्षिय सुबास पुलामी र अर्का सहचालक २२ वर्षिय अर्जुन परियार घाईते भएका छन् । घाईते सबैको मकवानपुरको चुरे हिल अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक गोविन्द कार्कीले जानकारी दिनुभयो । दुर्घटना पछि ट्याकरमा रहेको तेल पोखिएका कारण घटनास्थल आसपासका वस्ती खाली गराउने काम भईरहेको प्रहरी निरिक्षक कार्कीले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान