पर्सा र बारामा भिषण आगलागी ३० लाखको क्षति



बीरगञ्ज मंसिर २७
पर्साको जगरनाथपुर गाँउपालिका– ५ धर्मपुर गाँउमा आगलागी हुँदा ८ वटा घर गोठ जलेर नष्ट भएको छ । स्थानीय हरेन्द्र साह गोढको घरबाट सल्केको आगो, धुरी साह गोढ, शिवनाथ गोढ, जगदिश ठाकुर हजाम, राजेन्द्र पंडित, धुरी पंडित लगायतको घर जलेर नष्ट भएको छ । आगलागी हुदाँ घरमा रहेको कपडा, अन्न, भाँडा कुँडा लगायतका समाग्री जलेर नष्ट भएको स्थानीयले बताएका छन । साथै गोठ नजिकै रहेको खलियनामा रहेको ३ हजार धानको बोझा पनि जलेर नष्ट भएको छ । आगलागीमा नष्ट भएको विस्तृत विवरण संकलन भईरहेको ईलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ । पौने २ बजेतिर लागेको आगो नियन्त्रणमा ल्याउने प्रयास भईरहेको छ । घरमा लागेको आगो नियन्त्रणमा आएको भएपनि धानको बोझामा लागेको आगो नियन्त्रणमा आईनसकेको प्रहरीले जनाएको छ । वीरगञ्ज महानगरपालिकाको बारुण यन्त्रको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा आगलागी नियन्त्रणका लागि प्रयासरत रहेको हाम्रा सहकर्मी लालबाबु बानियाँले जनाएका छन् ।
त्यसैगरि वीरगञ्ज महानगरपालिका वडा–३० लालपर्सामा पनि आगलागी भएको छ । आगलागीमा फुसको घर जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीय गगनदेव सहनी, गम्भिरा राम चमारको घर जलेर नष्ट भएको हो । दुईवटा साईकिल, लत्ता कपडा, ४ लाख बराबरको क्षति भएको अनुमान प्रहरीले गरेको छ । गम्भिराको घरमा राखिएको बाढी पीडित मुक्तिालाल महराको समान पनि आगलागीमा जलेर नष्ट भएको छ । आगो स्थानीय र प्रहरी मिलेर नियन्त्रणमा लिएका छन् । यसैबीच कलैया उप–महानगरपालिका वडा न २० बसतपुरमा आगलागी हँुदा २० लाख बराबरको क्षति भएको छ । ५ जनाको लागेको घर र दुई जनाको धान गरि करिब २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । कलैया उप–महानगरपालिका वडा न २० स्थित बसतपुरमा परालमा लागेको आगोले स्थानिय मनोज साह तेलि, जोखन ठाकुर लोहार, धनधारी मण्डल, रामसुन्दर मण्डल, बिरेन्द्र मण्डल लगायतका घर जलेर नस्ट भएको छ भने स्थानिय भिखारी साह तेलि र हिरालाल साह धानुकको करिब २ लाख बराबरको धान जलेर नष्ट भएको बारा प्रहरीले जनाएको छ ।
आज दिउँसो करिब १ बजेर ३० मिनेट जाँदा लागेको आगो वीरगञ्ज महानगरपालिका, जितपुर, अमलेखगन्जबाट गएको बारूण यन्त्रको सहयोगमा ३ बजेर ३० मिनेटमा आगो नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रण कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियवासिको उल्लेखनीय सहयोगले २ घन्टामा आगो नियन्त्रणमा लिन सफल भएको र आगलागीमा मान्विय क्षति नभए पनि लता कपडा, नगद सहित करिब २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन