पीसीआर मेशिन प्रयोग गर्न नसकेपछि प्रदेश सरकारले फिर्ता माग्यो



वीरगन्ज,१७ साउन । पर्साको जिल्ला अस्पताल पोखरियालाई दिएको पीसीआर मेशिन प्रयोग गर्न नसकेपछि प्रदेश सरकारले फिर्ता मागेको छ । अस्पतालमा सिपियु र वातानुकुलित मेशिन एकमहिनादेखी नगरपालिकाले जडान गरेर सञ्चालनमा ल्याउन नसकेको कारण प्रदेश सरकारले फिर्ता मागेको हो ।

यसैगरी १६ शैय्याको आइसियु र एक शैययाको भेन्टिलेटर पनि संचालनमा आउन सकेको छैन । प्रदेश सरकारले शववाहनको व्यवस्था गरेको तर नगरपालिकाले सो सञ्चालनका लागि चालक राख्न नसकेकोले यी समानहरू पनि फिर्ता माग्ला भन्ने चिन्ता पोखरियावासीमा छ । तर, पोखरिया नगरपालिकाका नगर प्रमुखलाई भने यसको कुनै चिन्ता र चासो नभएको नगवासीको गुनासो छ ।

अस्पतालको विकासका लागि प्रदेश सरकारबाट आएको करोडौ रकम फ्रिज भएपछि त्यसको विरोधमा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नेजामुद्दिन समानी सहितको टोली रिले अन्सनमा बसिरहेका छन् । विगत एक सातादेखि पोखरिया जिल्ला अस्पतालमा रिले अनशन गर्दै आएको जसपाको टोलीले अनशनलाई अझै जारी राखेको हो ।

जसपाका केन्द्रीय सदस्य नेजामुद्दिन समानीको नेतृत्वमा एक सातादेखि दिउँसो १२ बजेदेखि २ बजेसम्म दैनिक दुई घण्टा रिले अनशन जारी छ । अस्पताल सहित पोखरियाको समग्र विकासका लागि नौ सूत्रीय माग राख्दै रिले अनसनमा बसेको जसपाका नेता समानीले बताउनुभयो । उहाँले आन्दोलन जारी रहदा अस्पतालको भौतिक विकास बढनुको साटो उल्टो घटीरहेको बताउनुभयो ।

पोखरिया नगरपालिकाको चरम लापरवाहीको कारण प्रदेश सरकारबाट प्राप्त चार करोड शसर्त अनुदान खर्च नभएर फ्रिज भएको र अब भौतिक सामानहरू पनि फिर्ता जाने अवस्था देखेपछि चिन्ता लागेको बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड